अर्जेन्टिनोले गर्यो इजराइलविरुद्धको मैत्रीपूर्ण खेल रद्द

एजेन्सी । अर्जेन्टिनाले इजराइलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । इजराइलको जेरुसेलममा हुने भनिएको मैत्रीपूर्ण खेल आर्जेन्टिनाले रद्द गरेको हो ।

इजराइल र प्यालेष्टाइनबीच रहेको द्वन्द्वका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । केही दिन अगाडिमात्रै इजरायाली बालबालिकाहरूले पूर्खाको चिहानमाथि खेल नखेल्न मेस्सीलाई सन्देश पठाएका थिए ।

खेल रद्द गरेको विषयमा अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिग्युइनले आफूहरुले खेल रद्द गरेर सही निर्णय गरेको इएसपीएन स्पोर्ट्स च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति मौरिसीयो मार्सीलाई मैत्रीपूर्ण खेल खेलाउन आग्रह गरेका थिए ।

इजराइलले जेरुसेलुमको जग्गा अधिग्रहण गर्दा १ सय २० जना प्यालिष्टाइनी जनताको हत्या गरेको थियो ।

प्रतिक्रिया