मेस्सीको ह्याट्रिक, हाइटीलाई अर्जेन्टिनाको ४ गोल

एजेन्सी । लिओनल मेसीको ह्याट्रिक पछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ। अर्जेन्टिनाले बुधबार विहान सम्पन्न खेलमा हाइटीमाथि ४.० गोलको जित हात पारेको हो।

अर्जेन्टिनाको ब्युनोस आयर्समा भएको खेलमा मेसीले खेलको १७ मिनेटमा पेनाल्टीमोर्फत गोल गरेका थिए । उनको उक्त गोलले टिमलाई अग्रता दिलाएका थिए। खेलको ५८ मिनेटमा मेसीले पुनः दोस्रो गोल गरे। यसै गरी ६६ मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्न सफल भए। अर्जेन्टिनाका लागि चौथो गोल सर्जियो अग्युरोले खेलको ६९ मिनेटमा गरेका थिए।

मेसीले पाँच पटकका फिफा वर्ष खेलाडी ह्याट्रिक गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका छन्। विश्वकपअघि शानदार जित हात पारेसँगै अर्जेन्टिनाको आत्मविश्वास बढेको बाइएको छ। विश्वकपअघि अर्जेन्टिनाले अब ९ जुनमा इजरायलसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

जेठ ३१ देखि रसियामा सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह डी मा छ। यो समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्।

प्रतिक्रिया