एलिना मगर
चार मुख्य तत्व हुनुपर्छ पर्यटनमा । आकर्षण, सहज पहुँच, खाना–वास र सहायक सुविधा । यी तत्वबाट प्रभावित हुन्छ पर्यटन । विभिन्न परिभाषाबाट पर्यटनको व्याख्या हुन्छ । सबैको सार भने घुमाइको अन्तरालमा गरिने क्रियाकलाप नै हो । पर्यटनलाई पर्यटकद्वारा हुने क्रियाकलाप भनेर अथ्र्याउन सकिन्छ । पर्यटकीय गतिविधिका लागि गन्तव्यमा आकर्षणले पहिलो भूमिका खेल्दछ । पर्यटकीय गन्तव्य बन्नमा त्यस क्षेत्रको आकर्षण महत्वपूर्ण रहेको हुन्छ । त्यस स्थानसम्म मानिसलाई पर्यटक बनेर पुग्न आकर्षणले प्रेरित गर्दछ । आकर्षण प्राकृतिक वा मानवनिर्मित जे पनि हुनसक्छ ।
आकर्षित गन्तव्यमा पुग्नका लागि पहुँचको आवश्यकता हुन्छ । जुन गन्तव्यमा सहज पहुँचको सुविधा विद्यमान रहेको हुन्छ, पर्यटन द्रुत गतिमा मौलाउँछ । जुन स्थानसम्म पुग्न कठिनाइ झेल्नुपर्छ । त्यस स्थानमा भरपुर आकर्षण भएतापनि अपेक्षाकृत पर्यटन फैलिन सक्दैन । पर्यटकीय गन्तव्यको सपना देख्ने हो भने उक्त स्थान छेउछाउ पर्यटकले रात बिताउन सक्ने सुविधाको प्रबन्ध गर्नुपर्छ । अन्यथा, आकर्षित स्थान पर्यटकीय गन्तव्य नभई अवलोकन स्थान मात्र बन्दछ । यसैगरी आकर्षण, सहज पहुँच र खाना÷वासको सुविधाले मात्र पर्यटकलाई दोहो¥याएर आउने वातावरण निर्माण गर्न सकिन्न । उनीहरूका लागि विभिन्न सहायक सुविधाको बन्दोवस्त गर्नु आवश्यक हुन्छ । जस्तै, जातीय वा सांस्कृतिक नृत्य, हेल्थ क्लब, स्पा, क्यासिनो, दोहोरी साँझ, स्थानीय चिजबिज बिक्री स्टल, रात्रिकालीन बजारलगायतका सहायक सुविधा । सुविधाका निम्ति पर्यटकीय गन्तव्य र त्यहाँ आउने पर्यटकको पाश्र्वचित्रअनुसार त्यस्ता सुविधाको प्रबन्ध गरिनुपर्छ । जसले गर्दा पर्यटकको बसाइ लम्बिन्छ । अनि मात्र सम्बन्धित गन्तव्यले उचित प्रतिफल प्राप्त गर्न सक्छ । यसैले यी चार तत्वको एकापसमा अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
भर्खरै देश संघीयतातर्फ मोडिएको छ । देशले स्थानीय सरकार वा जनप्रतिनिधि पाएको छ । देश सातवटा प्रदेशमा विभाजित भएको छ । देशले समृद्धिको आधार कृषि, जलस्रोत, पर्यटन र विप्रेषणलाई मान्दछ । प्रदेशहरूले समृद्धिका आधार खोजिरहेको छ । अब कुरा गरौँ प्रदेश–१ को । पर्यटनसँग प्रदेशलाई जोडेर हेरौँ । प्रदेशका विभिन्न नगरपालिका वा गाउँपालिकाले पर्यटनलाई समृद्धिको आधार मानी कदम चालिरहेको हामी देखिरहेका छौँ । यदि प्रदेश–१ ले समृद्धिको आधारशिला पर्यटनलाई मान्ने हो भने थोरै पहल गरेको खण्डमा हामी सफल हुन सक्छौँ । तर, त्यसका लागि भने हामीले एकै स्वरमा प्रदेशको मुख्य पर्यटकीय प्रोडक्ट यो हो भन्ने चाहिँ तय हुनुपर्छ ।
प्रदेशमा रहेका १४ जिल्लामा आ–आफ्नै मौलिकता रहेको छ । प्राकृतिक, सांस्कृतिक र साहसिक विविधता नै यहाँको पर्यटनको मेरुदण्ड हो । यसलाई हामीले ‘पर्यटन उत्पादन’ (टुरिजम प्रोडक्ट) को रूपमा विकास गर्न सक्छौँ । पर्यटकीय गन्तव्य जतिसुकै सुन्दर भएतापनि त्यस स्थानमा पर्यटकको पहुँच नभए गन्तव्यको औचित्य रहँदैन । पर्यटनमा सरोकार राख्ने पक्ष र नीति निर्माणकर्ताले यी कुरा भने बुझ्न जरुरी छ । अहिलेसम्म पूर्वी क्षेत्र पर्यटनमा पछि पर्नुको कारणमध्ये प्रोडक्ट तय गर्न नसक्नु पनि एक हो । प्रोडक्ट तय गर्नुअघि हामीसँग मौलिकता के छ ? जसलाई हामी बेच्न सक्छौँ कि सक्दैनौँ ? यी कुरा विचार गर्नुपर्छ । पर्यटन प्रोडक्ट अरूभन्दा भिन्न र अरुले पचाउन सक्ने हुनुपर्छ । अनि अर्काे कुरो, पर्यटन प्रोडक्ट बनाउँदा हामी पर्यटकको नजरबाट आफूलाई राखेर विचार गर्दैनौँ । जसले गर्दा हामी असफल हुन्छौँ ।
प्रोडक्ट तयार गर्दा हामी दुई वटा सूत्र प्रयोग गर्न सक्छौँ । एउटा हामीसँग भएका गहनालाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्ने । उक्त प्रोडक्ट किन्ने पर्यटकको छनोट गरी बिक्रीका लागि प्रचार गर्ने । र, अर्काे हामीसँग आइरहेका वा आउन सक्ने सम्भावना भएका व्यक्तिहरूले रुचाउने किसिमका पर्यटकीय प्रोडक्ट तयार गर्ने । थाइल्यान्ड र मकाउले मनोरञ्जनलाई पर्यटन प्रोडक्टको रूपमा विकास गरेको छ । प्रोडक्ट तयपछि टार्गेट ग्रुप छनोट गरेर सोहीअनुसार बजारीकरण गरिरहेको छ । यसैगरी, भारतले आफूसँग भएका पौराणिक र ऐतिहासिक वस्तुलाई संरक्षण गरी टार्गेट ग्रुपमा बजारीकरण गरिरहेको छ । यी त भए ठूला देशको उदाहरण । हामै्र देशमा पनि पोखरासँग विद्यमान रहेको प्राकृतिक सौन्दर्यतालाई पोखराले प्रोडक्ट बनाएर बिक्री गरिरहेको छ । प्राकृतिक सौन्दर्यता बाहेक पनि उसले विभिन्न सुविधा थपेको छ । यीमध्ये उसको मूल प्रोडक्टचाहिँ प्रकृति नै हो । ्
अहिले प्रदेशका सबै जिल्लाले आ–आफ्नो स्थानको पर्यटकीय सम्भावनाको विषयमा व्याख्या गर्न सक्षम छ । तर, यसलाई हामीले सामाजिक मुद्दाको रूपमा मात्र लिइरहेका छौँ जसले गर्दा हामी पछि परेका हौँ । अब यसैलाई थोरै मेहनत गरेर व्यावसायीकरण गर्न सकियो भने यसबाटै हामीले आर्थिक, सामाजिक लाभ उठाउन सक्छौँ । पर्यटन उत्पादन तय गर्न पूर्व हामीले हामीकहाँ आउने पर्यटकको विषयमा अध्ययन गर्नुपर्दछ । यस प्रदेशमा पर्यटनका तत्वहरू प्रायः विद्यमान छन् । यहाँका पर्यटकीय गन्तव्यहरू आकर्षित छन् । प्रायःजसो गन्तव्यमा पुग्नका लागि पनि सहज सुविधा छ । परिचित गन्तव्यहरूमा खाना÷वासका लागि साना–ठूला होटल, लज वा घरवासको व्यवस्था गरिएका छन् । अन्य सुविधाहरू थपिने क्रममा रहेको छ ।
मात्र कमजोरी व्यवसायिक रूपमा पर्यटन प्रोडक्ट तय गर्न नसक्नु हो । हाम्रो प्रदेशमा भित्रिने पर्यटकहरू कहाँबाट आउँछन् । उनीहरूको चाहना, इच्छा वा प्रवृत्ति कस्तो छ । पाश्र्वचित्र तय गरी उसले रुचाउने ‘प्रोडक्ट’ तयार गर्न सक्छौँ । यसबाट हामीले तयार गरेको ‘प्रोडक्ट’ सहज बिक्री हुन्छ । यसलाई ‘टार्गेट ग्रुप’ छनोट भनिन्छ ।
प्रोडक्ट बिक्रीयोग्य बनाउनका लागि हामीले सर्वप्रथम त ‘टार्गेट ग्रुप’ को हो ? हामीले कस्ता प्रवृत्तिको पर्यटकका लागि प्रोडक्ट तयार गर्दैछौँ भन्ने ध्यान दिन आवश्यक छ । प्रदेशमा भएका सम्भावनालाई एकिकृत ढंगबाट प्रोडक्ट निर्माण गर्नुपछ । व्यवसायिक दृष्टिकोणबाट । पर्यटन सरोकारवालाहरू सबैले पर्यटनलाई भावनात्मक हिसाबबाट हेरिरहेका छन् । भावनामा बगेर आफ्नो स्थान अन्यभन्दा सर्वाेत्कृष्ट छ भन्ने गर्दछौँ । तर, आफूलाई उत्कृष्ट लाग्ने गन्तव्य (प्रोडक्ट) पर्यटकका लागि अर्थहिन पनि हुन सक्छन् ।
यदि हाम्रो प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउने कल्पना हो भने यी कुरा हामीले बुझ्नैपर्छ । हामीसँग त्यसको भन्दा राम्रो वस्तु वा सम्भावना छ भनेर गमक्क परेर बस्छौँ । एकीकृत बजारीकरण गरेका छैनौँ । हामीसँग अथाह सम्भावनाका बाबजुद पनि किन पर्यटकलाई आकर्षित गर्न सकिरहेका छैनौँ । यस विषयमा सायदै अध्ययन गरेका छौँ ।
प्रदेश–१ मा मिश्रित सम्भावना रहेको छ । हामीसँग हिमाल, पहाड, तराई, वनजंगल, नदी, धार्मिक महत्वका वस्तु इत्यादि रहेका छन् । यीमध्ये कुनलाई हामीले आत्मसात गरी अघि बढेको खण्डमा थोरै मेहेनतले तत्काल बिक्रीयोग्य बनाउन सक्षम हुन्छौँ । यी विषयमा अध्ययन गरी प्रोडक्ट तय गरिनुपर्छ । यसका लागि सरकार पक्षबाट पहल हुन जरुरी छ ।
जसका सहायक निजी क्षेत्र, पर्यटनसँग सरोकार राख्ने संस्थाहरू र स्थानीय जनमानस हुन्छन् । प्रोडक्ट तयपछि टार्गेट ग्रुपमा पुग्न त्यसको सही प्याकेजिङ भने हुनुपर्छ । अनि मात्र प्रदेशले प्रोडक्टको माध्यमबाट आर्थिक समृद्धिको सपना पूरा गर्न सक्छ । पर्यटन श्रममूलक उद्योग भएकाले यसबाट स्थानीय तह वा क्षेत्रीयस्तरमा नै रोजगारीको सिर्जना गर्दछ । जसबाट मध्यमस्तरमा श्रम गरेर जीविकोपार्जन गर्नेदेखि लिएर माथिल्लो तहमा बसेर नीति निर्माणकर्तासम्मलाई उचित रोजगारको अवसर प्राप्त हुन्छ । विदेशिने जनशक्तिलाई पनि हामीले पर्यटनमा आकर्षित गर्न सक्छौँ । जनशक्तिलाई परदेसिनबाट जोगाउन सकेको खण्डमा देशले छिटो र दिगो विकास गरी समृद्ध बन्दछ ।
मगर पर्यटन व्यवसायी हुन् ।
प्रतिक्रिया