चियाबाटै महिनाको १२ लाख कमाइ

पुणे । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकौडा रोजगारीलाई सबैले जोक बनाएका थिए । यसको कडा जवाफ दिँदै एक चियावालाले देखाएका छन् कि, कुनै पनि काम सानो र ठूलो हुँदैन, चाहे त्यो पकौडा बेच्नु होस् वा चिया बेच्नुु ।  महाराष्ट्रको पुणेका एक चिया पसले आफैँ एउटा उदाहरण बनेका छन् । यी चिया पसलेको मासिक आम्दानी सुनेर तपाईं जिब्रो टोक्नुहुनेछ । नवनाथ येवले नामका यी चियावाला हरेक महिनामा १२ लाख कमाउँछन् । पुणेमा येवलेको चिया पसल सबै उमेरका ग्राहकका लागि मनपर्ने स्थान भएको छ । यसको गन्ती सहरको प्रसिद्ध चिया पसलमा हुने गरेको छ ।

येवले चाँडै आफ्नो चियालाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउँदै छन् ।पकौडा व्यपारभन्दा चिया व्यापारले पनि कैयौँ भारतीयलाई रोजगारी दिन सक्ने नवनाथ बताउँछन् । उनी भन्छन्, ‘यो तीव्र गतिले बढिरहेको छ, म धेरै खुसी छु ।’ अहिले पुणेमा उनको तीन स्थानमा चिया पसल छ र हरेक पसलमा १२ जना कामदार छन् । प्रधानमन्त्री मोदीले कतिपटक आफूलाई चियावाला भनेर सम्बोधन गरेका छन् । केही दिन पहिले प्रधानमन्त्रीले पकौडा व्यापारको कुरा गर्दा राजनीतिक क्षेत्रमा उनलाई मजाक बनाएर उडाइएको थियो । त्यसैवेला पुणेका यी चियावालाले आफ्नो नाममा रेकर्ड कायम गरेका हुन् ।

प्रतिक्रिया