मोरङ, १६ फागुन । मोरङको केराबारी गाउँपालिका-८ स्थित केराबारी-खोर्साने सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मंगलबारराति मृत्यु भएको छ ।
केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका खवासको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय विनोद चौधरी र पछाडि सवार २५ वर्षीय ललित चौधरी घाइते भएका छन् ।
उनीहरुको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब निरीक्षक मणिकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया