पार्टी एकता: स्थायित्व र समृद्धिको दिशानिर्देश

-आनन्दप्रसाद पोखरेल   राष्ट्र, राष्ट्रियता मुलुकको अखण्डता, स्वतन्त्रता र समृद्धि व्यक्तिको मानवअधिकारभन्दा प्यारो हुन्छ । यसैका लागि नेपालका धेरै सपुतहरूले आफ्नो जीवन बलिदान गरेका छन् । सहिदको पंक्तिमा लामबद्ध भएका छन् । व्यक्तिगत हित र स्वार्थलाई तुच्छ ठान्दा सर्वस्व गुमाएका छन् । नेपालका वर्तमान राजनीतिको विकसित परिस्थिति सयौँ सहिदको बलिदान र घाइते, अपांगता भएकाहरूको त्यागको प्रतिफल हो ।

जनआन्दोलनको उपलब्धि हो । आज हामीले जस्तो मुलुक प्राप्त गरेका छौँ । हामी र हाम्रा पुर्खाहरूको सफलता र असफलताको इतिहास हो । धेरै योद्धाले एकीकृत नेपाल निर्माण गर्न आफ्नो रगत पसिना बगाएका छन् ।  नेपालको सर्वभौमिकता, अखण्डतामा धावा बोल्नेहरू ठाउँको ठाउँ पराजित भएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीति घात–प्रतिघातको सिकार नेपाल भएको छ । साम्राज्यवादीहरूको कतिपय समयमा नेपालका शासकका गुट र उपगुट प्रयोग भएका थिए । सुगौली सन्धि नेपाल र नेपालीको स्वाभिमानमा मुटुको किलो हो । जसले नेपाललाई खुम्च्याइयो ।

नेपालीको हातखुट्टा बाँध्यो । आन्तरिक सत्ता संघर्षले राजनीतिक हत्याको शृंखलाको सुरुआत भयो । निरंकुशतालाई पञ्जा छाप लगाई जहाँनीया निरंकुश शासनलाई मजबुद बनायो । जनअधिकारलाई कुठाराघात ग¥यो । भारत स्वतन्त्रसँगै नेपालमा ब्रिटिस हालिमुहालीको ठाउँमा भारतीय शासक गुटको हालिमुहाली विस्तार ग¥यो । निरंकुशताको अन्त्यसँगै सन १९५० को भारतसँग भएको कथित शान्ति र मैत्री सन्धिले नेपालको सार्वभौम र अखण्डतामा राजनीतिक नेतृत्वमा भारतीय प्रभावलाई विस्तार ग¥यो ।

दिनदिनै भारतीय शासकको गुटको प्रत्यक्ष निर्देशन नेपालको सरकार सञ्चालनमा प्रमुखको ठाउँ लियो । विकास निर्माण भारतीय दीर्घकालीन रणनीतिलाई सघाउने ढंगले अगाडि ब¥यो । व्यवस्था राख्ने र फाल्ने, सरकार निर्माण र परिवर्तनमासमेत भारतीय हस्तक्षेपले ठाउँ पायो । नेपालका राजनीतिक दलका नेता र नेतृत्वमा भारतीय प्रभाव रहयो । अथवा कतिपय अवस्थामा भारतको हितमा नेपालमा भन्दा बढी सोच्ने नेतृत्व कायम हुनपुग्यो । भारत रिझाउन यस्तो गर्नुपर्छ भन्ने व्यक्तिहरूसमेत रहे । नेपालको स्वाभिमान बचाउनेभन्दा भारतीय दलाली गर्ने, भारतीय हस्तक्षेपलाई स्वीकार गर्ने तहमा राजनीति आइपुग्यो ।

यो स्वाभिमानी नेपालीको लागि असह्य पीडा बन्न पुग्यो । अनि आफ्नो स्वाभिमानमाथिको ठाडो हस्तक्षेपको रूपमा जनताको मनमनमा विकास भयो । नेपाली जनता भारत समर्थक र भारत विरोधी कित्तामा विभाजित भए । नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धमा यसले दरार ल्याउनु स्वभाविक थियो । सर्वभौमसत्ता सम्पन्न जनता भारतीय विस्तारवाद र क्षेत्रीय प्रभुत्ववादको थिचोमिचो, हैकमको विरोधमा खुल्ला उत्रिए । सरकारको नेतृत्वकर्ता चाहे ती पञ्चायतकालीन हुन् या बहुदलीय व्यवस्थामा आइसकेपछिका हुन् एकाधलाई छोडेर भारतीय शासकका पृष्ठपोषक बने ।

टंकप्रसाद आचार्य, कीर्तिनिधि विष्ट, ०३४ सालपछिका बिपी कोइराला, मनमोहन अधिकारी र पछिल्लोसमय केपी शर्मा ओली नेपाल र नेपालीको पहिचान, राष्ट्रिय अखण्डता, सर्वभौमसत्ता र सामाजिक सद्भाव कायम राख्ने ४१औँ प्रधानमन्त्री मध्येका केही नाम हुन् । जसले भारतीय शासक गुटको विरुद्धमा आँखामा आँखा जुधाए ! औँलो ठड्याए ! अनुचित दबाब र हर्कतलाई तिरस्कार गरे । दुई छिमेकी मुलुकको सम्बन्धलाई सन्तुलित बनाए । भूपरिवेष्ठित राष्ट्रको पहिचान दिलाए । गुम्नै लागेको सार्वभौमसत्ता र अखण्डतालाई स्वाभिमानपूर्वक बचाए ।

आज नेपाली जनताले ती नेतालाई त्यही ढंगले सम्मान र आदर्शको रूपमा हेरिरहेका छन् । ०६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवाद ‘जबज’ का प्रवद्र्धक मदन भण्डारी यस आन्दोलनका विचारक, सिद्धान्तकार, संगठक र आन्दोलनका प्रणेता हुन् । नेपाली राजनीतिक परिदृष्यमा कम्युनिस्ट पार्टी सधै निरंकुशतन्त्रको विरुद्धमा जुधिरह्यो । लोकतन्त्र, मानवअधिकार, संविधानको सर्वाेच्चता, शक्ति पृथकीकरण, आवधिक निर्वाचनजस्ता मुद्दालाई आफ्नो राजनीतिक मुद्दा बनायो ।

त्यसलाई विकसित र प्रवद्र्धन गर्दै माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग ग¥यो । यतिवेला नेपाल कम्युनिस्ट पार्टी लोकतन्त्रको पर्यायवाची बनेको छ । त्यही कम्युनिस्ट पार्टीका नेताहरू मनमोहन अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल र केपी ओली कम्युनिस्ट पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा नेपाल सरकारको नेतृत्व गरिसकेका छन् । सबैले अा-आफ्नो कार्यकालमा राष्ट्रलाई योगदान दिन भरमग्दुर प्रयत्न गरे । द्वन्द्व समाधानको नेतृत्व गरे । यी सबै नेता धन्यवादका पात्र छन् ।

यो पुस्ताले कम्युनिस्ट पार्टीको स्थापना गर्दा सामन्ती निरंकुशताको अन्त्य, गणतन्त्रको स्थापना, संविधान सभामार्फत संविधान, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि लड्ने उद्घोष ग¥यो । ती उद्घोषलाई राष्ट्रको विकास र समृद्धिदेखिबाहेक अरू पूरा गरेको छ । राजनीतिको यो पुस्ता तमाम कमीकमजोरीका बाबजुद धन्यवादको पात्र छ । नेतृत्व क्षमता सबैमा एकै नहुनु स्वभाविक हो र खोज्नु पनि हुँदैन ।

०७२ मा नयाँ संविधानको घोषणापछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार विशेष चर्चामा रह्यो । राष्ट्र, राष्ट्रियता, स्वाभिमान र अखण्डताको पर्यायवाची बन्यो । दक्षिण छिमेकीबाट भएका नाकाबन्दी लगायतका सबै हर्कतलाई पराजित ग¥यो । चीनसँग भएको व्यापार पारवाहन सन्धिले भारतवेष्ठित नेपाललाई भूपरिवेष्ठित राष्ट्रको दर्जा दियो । नेपाली जनताको मुर्छित चाहनालाई ब्युँताइदियो । विकास र समृद्धिका चाहनालाई पुनरावृत्ति गरिदियो । जसको कारण त्यो सरकारको नेतृत्वकर्ता ओली नेपाल र नेपालीको प्रियपात्र बने ।

अटल, दृढनिश्चय, अविचलित अडान, राष्ट्र, जनताप्रतिको जिम्मेवारी बोधको भावना, राष्ट्रको सार्वभौमिकता, अखण्डताप्रतिको सम्मान राष्ट्रप्रतिको चटानी अडान, स्वाभिमान, नेपाली जनताप्रति अटल विश्वास, लोकतन्त्र र मानवअधिकारप्रतिको सम्मान नेपाल र नेपालीबीच एकता, सद्भाव र नेपाली जनताको ओठमा हाँसो र विभेद र विपन्नताबाट राष्ट्रलाई मुक्ति प्रदान गर्ने अठोटका सारगर्वित अभिव्यक्तिले भूतपूर्व प्रधानमन्त्री मात्र बनाएन, एकाएक राजनेता बने । प्रतिपक्षको भूमिकामा रहेर नेकपा एमालेले संविधान कार्यान्वयन र रक्षाका लागि खेलेको भूमिकाले नेपालको लोकप्रिय पार्टीको रूपमा दर्ज भयो ।

संवैधानिक निर्वाचन प्रणालीको कारण एकल दलको बहुमत प्राप्त हुने संभावनालाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेसबाट अलग्याउनु पर्ने मूल चुनौतीलाई आत्मसात गर्दै नयाँ वाम गठबन्धनको निर्माणको पहलकदमी गरियो । परिणामस्वरूप १७ असोजमा संयुक्त वामपन्थी गठबन्धनको घोषणा भयो । राजनीतिको नक्सा बदलियो । राजनीतिक अस्थिरताको अन्त्य, स्थिर र स्थायी सरकार, सुशासन र भ्रष्टचारमुक्त शासनप्रणाली, राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा, नेपाल र नेपाली जनताको समृद्धि र पार्टी एकताको मूल नारासहित वाम गठबन्धन संयुक्त घोषणापत्रकासाथ चुनावमा गयो ।

निर्वाचनले सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार बन्यो । केन्द्रमा पनि वाम गठबन्धनको सरकार बन्यो । तर, पार्टी एकताको मुद्दा थाती नै रह्यो । इतिहासदेखि नै सिद्धान्तको नाममा विभाजित र छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चुनौतिपूर्ण छ । सुरुआत सशस्त्र संघर्षबाटै गरेका तर भिन्न राजनीतिक अभ्यासमा अव्यस्त भएका नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता धेरैको विश्वासभन्दा बाहिरको थियो । मान्छेले ठान्छन्, चमत्कार हो, तर यो चमत्कार होइन । यो नेपाली कम्युनिस्ट आन्दोलनको अपरिहार्य आवश्यक्ता थियो ।

परिवर्तनकामी जनताको चाहना र आन्दोलनमा लागेका कार्यकर्ताको दबाब साथै मुलुकको आर्थिक समृद्धि पूरा गर्नुपर्ने अभिभारालाई कार्यान्वयन गर्नुपर्ने तत्कालीन र दीर्घकालीन आवश्यकताको उपज थियो । दुई कम्युनिस्ट पार्टीका अध्यक्षहरूको लामो वार्ता छलफल र बहसपछि विभिन्न सैद्धान्तिक, वैचारिक र सांगठानिक मुद्दाहरूलाई क्रमशः हल गर्दै महाधिवेशनबाट टुंगो लगाउने गरी पार्टी एकता संभव भएको छ । विश्व कम्युनिस्ट आन्दोलनमा नेपाली कम्युनिस्टहरूले गरेको यो प्रगति २१औँ शताब्दीको नमुनायोग्य सफलता हो ।

अब बाँकी छरिएर रहेका कम्युनिस्ट पार्टीहरू पनि एकीकरणमा समावेश भई समाजवादी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ । यो एकतासँगै अब निर्वादरूपमा नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ । हामीले संयुक्त घोषणापत्रमा गरिएका प्रतिवद्धतालाई पूरा गर्नुपर्नेछ । यतिवेला पार्टीको तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्रीको बागडोर सम्हालिसकेको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मुलुकको गरिबी, विपन्नता, पछाडि पारिएका समुदाय, महिला, दलित, पिछडा वर्ग, आदिवासी, जनजाति सबैको अधिकार र पहिचानको रक्षा, जगेर्ना र उसको अत्यावश्यक आधारभूत विषय (गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा) मा ओली सरकारले प्रत्याभूति दिनेछ ।

निर्वाध लोकतान्त्रिक अधिकारको प्रयोग हुनेछ । सामुदायिक हित, प्रेस स्वतान्त्रता सहजढंगले उपयोग हुनेछ । मानवीय श्रद्धा र संवेदनशीलताको जगेर्ना हुने विश्वास ओलीसँग जनताको छ । नागरिक ओली सरकारमा कोही भोकानांगा, शिक्षा स्वास्थ र आवासको आधारभूत सेवाबाट वञ्चित हुने छैनन् भन्ने विश्वासमा छन् । संविधानले प्रत्याभूति गरेका मौलिक हक जनताले निर्वाध रूपमा उपभोग गर्न पाउनेछन् । यी मुद्दा नै सम्बोधन गर्नुपर्ने हाम्रो प्रमुख दायित्व हो ।तथापि मुलुक अझै औपनिवेशिक थिचोमिचो र विस्तारवादी शोषणबाट मुक्त छैन । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक शोषण जरासम्म विषझैँ फैलिएको छ ।

नेपाललाई दबाब राख्ने घेराबन्दी गर्ने, नाकाबन्दी गर्ने, फकाउने र धम्क्याउने, एक्ल्याउने गतिविधि दक्षिणको छिमेकीबाट तपाईंले भोग्नुभएकै हो । तमाम विषयको सम्बोधन पार्टी, जनता र सरकारको दायित्व हो, नेतृत्व कर्ताको जिम्मेवारी हो । नेतृत्वको सफालता राष्ट्र जनता पार्टी सबैको सफलता हो । यही नै विश्लेषणको साथ तपाईंको कार्यकालमा मुलुकले आर्थिक समृद्धि र राष्ट्रिय समृद्धि प्राप्त गर्न सकोस् । पार्टी एकता अक्षुण रहोस् यही अपेक्षासहित, राजनेता कमरेड ओली र कमरेड प्रचण्डलाई बधाई । अनि मुरीमुरी शुभकामना !

 

प्रतिक्रिया