पुरुष बनेर २ युवतीसँग बिहे, २ वर्षपछि खुल्यो रहस्य

देहरादुन । उत्तराखण्डमा एक युवतीले पुरुषको भेष बनाएर दुई युवतीसँग विवाह गरेकी छन् । आरोपी पुरुष भेषधारी महिलाले वर्षौसम्म ती दुई युवतीसँग पति–पत्नीको रूपमा बिताए पनि भेद खुलेन । यो रहस्य तब खुल्यो, जब पति–पत्नीबीच विवाद बढ्यो र प्रहरीले पुरुष भेषधारीलाई पक्राउ ग¥यो । अनुसन्धानबाट पत्ता लाग्यो कि, ती महिलाले अध्यारोमा शारीरिक सम्बन्ध राख्दा लुकाएर सेक्स टोयको प्रयोग गर्थिन् । जानकारीका अनुसार १४ फेब्रुअरी २०१४ मा काठगोदामनिवासी एक युवतीको विवाह उत्तरप्रदेशको बिजनौर जिल्लाको धामपुर बस्ने कथित युवा कृष्ण सेनसँग भयो ।

दुवैजना हल्दवानीका मल्ला गोरखपुर इलाकामा भाडाको घरमा बस्न थाले । काठगोदाम प्रहरीका अनुसार सन् २०१३ मा कृष्ण सेन (२६) ले फेसबुकमा केटाको परिचय बनाएर काठगोदाम क्षेत्रकै एउटा केटीलाई आफ्नो प्रेमजालमा फसाएका थिए ।विवाहपछि नै दुवैमा खटपट सुरु भयो । यही क्रममा कष्णले कालाढुंगी तहसिलमा बल्ब बनाउने उद्योग स्थापना गर्न भनेर ससुरालीबाट साढे ८ लाख रुपैयाँ पनि कुम्ल्याए । यसै क्रममा कृष्णले २९ अप्रिल २०१६ मा कालाढुंगी बस्ने एक अर्की विद्यार्थी केटीसँग विवाह गरे । पछि उनले दुवै पत्नीलाई धम्की दिएर तिकोनियास्थित घरमा साथमै राखे ।

यसपछि, जेठी पत्नीले अक्टुबर २०१७ मा पतिविरुद्ध रकम ठगी गरेको, पाँच लाख दाइजो मागेको, बहुविवाह गरेको र विरोध गर्दा कुटपिट गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरिन् । यसपछि काठगोदाम थानाका प्रहरीले उनलाई खोजिरहेको थियो । बुधबार राती प्रहरीले उनलाई पक्राउ ग¥यो । प्रहरीको रौद्ररूपका कारण उनले बयान दिए, जब रहस्य खुल्यो, सबै चकित भए । प्रहरीका तर्फबाट उनलाई महिला अस्पतालमा स्वास्थ्यजाँच गरिएपछि सत्यता पुष्टि भयो । अब प्रहरी आश्चार्यमा परेको छ कि, जोसँग उनले विवाह गरेका छन्, उनीहरूले यत्तिका दिनसम्म कसरी यस्तो कुरा थाहा पाएनन् ? जब कि, पत्नीहरूले उसले आफूसँग शारीरिक सम्बन्ध पनि राख्ने गरेको बताएका छन् ।

अनुसन्धानबाट थाहा भयो कि, कृष्ण आफ्ना पत्नीहरूलाई आफ्नो शरीर न कहिल्यै छुन दिन्थे, न त उनीहरूका अघिल्तिर कहिल्यै कपडा बदल्थे । आफूलाई पुरुष देखाउन उनी रक्सी, चुरोट खान्थे र मोटरसाइकलमा घुम्थे । कृष्णलाई कडाइका साथ प्रहरीले सोधपुछ गर्न थालेपछि थाहा भयो, जब उनी पत्नीसँग एक्लै कोठामा हुन्थे, तब अँध्यारो बनाउँथे ।  उनले एउटा अनलाइन सपिङबाट सेक्स टोय मगाएका थिए ।

यसैमार्फत कोठा अँध्यारो बनाएर उनी पत्नीसँग शारीरिक सम्बन्ध राख्थे, रहस्य नखुलोस् भनेर । प्रहरीले अहिले कृष्णलाई जालसाजी र महिलालाई यौन उत्पीडन गरेको अभियोगमा जेल चलान गरेको छ । नैनीतालका प्रहरी अधिकारी जन्मेजय प्रभाकर भन्छन्, ‘युवतीले पुरुष बनेर दुई महिलासँग विवाह गरेको घटना चकित पार्ने खालको छ ।’ सुरुमा उनलाई ठगीको आरोप लगाइएको थियो । कृष्णले आफ्नो मतदाता परिचयपत्रलगायत सबै सरकारी कागजात पुरुष नामले बनाएका छन् । प्रहरीले यी सबै कागजात जफत गरेको छ ।

प्रतिक्रिया