अंकारा, ३ फागुन । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुगेको समाचार छ । बिहीबार बिहान उनी टर्कीको राजधानी अंकारा अवतवरण गरेको बताइएको छ ।
टर्किस् अधिकारीहरुले उनी बिहीबार विहान अंकारा आइपुगेको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उनी बिहीबार अंकारा पुगेको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गरेका थिए । यस पटकको भ्रमणकाक्रममा उनले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दोगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नेछन् ।
सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ ।
यस बारेमा पनि भ्रमणका क्रममा उनले टर्किस् अधिकारीहरुसँग कुराकानी गर्ने समाचारमा जनाइएको छ ।
त्यसैगरी सिरियामा त्यहाँको सेनाले पछिल्ला केही महिनामा गरेको कारबाहीमा रासायनिक तथा घातक हतियार प्रयोग गरेको बारेमा उत्पन्न विवादका बारेमा पनि उनले कुराकानी गर्ने भएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सिरियामा जारी रहेको करिब सात वर्षलामो हिंसाका कारण टर्की र सिरियामा उत्पन्न समस्या तथा द्विपक्षीय विवादका विषयमा विदेशमन्त्री टिलर्सनले भेटवार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।
टर्किस् सेनाले सिरियामा गरेको कारबाहीको विषयलाई लिएर नेटो सेना र टर्कीबीच पनि पछिल्लो समयमा विवाद उत्पन्न भएको छ । यस विषयमा अमेरिकाले पहिलेदेखि नै चासो व्यक्त गर्दै आएको छ ।
यस भ्रमणका क्रममा यसबारेमा पनि कुराकानी हुने प्राप्त समाचारमा जनाइएको छ ।
प्रतिक्रिया