ट्रक दुर्घटनामा गैरकानुनी २१ आप्रवासीको मृत्यु

त्रिपोली,  ३ फागुन । गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अर्कै अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका मध्ये अरू ७५ जना घाइते भएको स्थानीय स्वास्थ्यकर्मीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् ।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिए ।

उनले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह पनि गरेका छन् । अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उनले स्पष्ट पारे ।

“गम्भीर घाइते केहीलाई हामीले नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरेका छौँ,” अल मर्बौकले भने । बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया