भ्यालेन्टाइनको विरोधमा बाँदरको बिहे

चेन्नई । एकातिर प्रेम दिवसको उमंग छ, अर्कोतिर कतिपय हिन्दूवादी संगठनले यसको विरोध गरिरहेका छन् । भारतमा कतिपय स्थानमा प्रेमजोडीलाई लखेटिएको छ भने कतिपय स्थानमा यस्तो पोस्टर च्यातिएको छ । यसै सिलसिलामा तामिलनाडुको राजधानी चेन्नईमा विरोधको अचम्मको तरिका अपनाइएको छ । यहाँ भारत हिन्दू फ्रन्टका सदस्यले भ्यालेन्टाइन डेको विरोध गर्दै कुकुरको गधासँग विवाह गराइदिएका छन् ।

पछि प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । चेन्नईको छुलई क्षेत्रमा कुकुर र गधालाई फूलको माला लगाइयो र उनीहरूको निधारमा बेसारको टीका लगाइयो । समूहका सदस्यले भ्यालेन्टाइनको विरोधमा नारा पनि लगाएका थिए । गुजरातमा भने वजरंग दलका सदस्यले प्रेमजोडीलाई कुटपिट गरे । कुटपिट गर्नेलाई प्रहरीले पक्राउ ग¥यो । कर्नाटकमा भने रक्षण वेदीले भ्यालेन्टाइनलाई समर्थन गर्दै भेडाभेडीको विवाह गराए ।

यसका सदस्य वतल नागराजले भने, ‘हामीले भ्यालेन्टाइन डेको विरोध गर्नुहुँदैन । किनभने प्रेमको कुनै जात र समुदाय हुँदैन ।’ यति मात्र होइन, नागराजले प्रदेश सरकारसँग भ्यालेन्टाइन डेमा एक दिनको सार्वजनिक बिदा दिनसमेत माग गरे । उनले प्रदेश सरकारसँग प्रेम विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप ५० हजारदेखि १ लाखसम्म पुरस्कार दिन माग गरे ।

प्रतिक्रिया