हाम्रो शक्तिले अमेरिका डराएको छ : उत्तर कोरिया

एजेन्सी
संयुक्त राष्ट्र संघ । उत्तर कोरियाको संयुक्त राष्ट्रसंघ मिसनले सोमबार आफ्नो परमाणु हतियारसँग डराएरै अमेरिकाले उत्तर कोरियाकोे अधिकारको विरोध गरिरहेको बताएको छ । उत्तर कोरियाले भनेको छ, ‘आफ्नो देशबाट दक्षिण कोरिया भागेका स्याङ–होलाई ट्रम्पले ‘स्टेट अफ द युनियन’ मा सम्बोधन गर्न बोलाउनु, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शीतकालीन ओलम्पिकमा आउँदा आन्टो बार्मवियरका पितालाई साथै ल्याउनुले अमेरिका कति त्रसित र भ्रमित छ भन्ने देखाउँछ ।’ आटो बार्मवियर ती व्यक्ति हुन् जसको उत्तर कोरियाको जेलबाट रिहा भएपछि केही दिनमै मृत्यु भएको थियो ।

उत्तर कोरियाको संयुक्त राष्ट्रसंघ मिसनले सोमबार अमेरिकाको दुवै कदमलाई ट्रम्प प्रशासनको कथित ‘मानवअधिकार प्रोपोगन्डा’ लाई कायम राख्न गरिएको हतासपूर्ण कारवाहीको संज्ञा दिएको छ । मिसनका निर्देशक जी स्योङले होलाई ‘खराब मानिस’ भने । अमेरिका उत्तर कोरियामा भएको मानवअधिकार उल्लंघनलाई लिएर धेरै प्रखररूपमा प्रस्तुत भएको छ । उत्तर कोरिया मिसनले आफ्नो मन्तव्यमा अमेरिकालाई ‘मानव इतिहासमा मानवअधिकारको मुख्य उल्लंघनकर्ता’ भनेको छ ।

अर्कोतर्फ अमेरिकी विदेशमन्त्री माइक पेन्सले भनेका छन् कि, ‘अमेरिकाविना कुनै पूर्वसर्त वार्ता गर्न तयार छ ।’ यस्तो लाग्दैन कि दुवै परस्पर विरोधी कोरियाली देशबीच शीतकालीन ओलम्पिकमा देखिएको आपसी सम्मानले अमेरिकाले आफ्नो नीतिमा थोरै परिवर्तन गरेको छ । उत्तरकोरियाले पूर्णरूपमा आफ्नो परमाणु कार्यक्रममा रोक नलगाएसम्म ऊमाथि लागेको प्रतिबन्ध जारि रहनेछ ।

प्रतिक्रिया