न्युयोर्क । यहाँका अभियोजनकर्ताहरूले यौन दुव्र्यवहारको अभियोग लागेका हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनको कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । वाइन्स्टिनविरुद्ध ७० जनाभन्दा बढी महिलाले बलात्कारसहित यौन दुव्र्यवहारको आरोप लगाएका छन् । न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानका अनुसार वाइन्स्टिन कम्पनीले कर्मचारीहरूलाई शोषण र नराम्रो व्यवहार गरेको पाइएको छ । तर, त्यसबारे परेका उजुरीविरुद्ध भने कारबाही चलाउन कम्पनी विफल भएको जनाइएको छ ।
आयोगका आयुक्त केनेथ हायनीले समुदायको वित्तीय क्षेत्रमा ‘मापदण्ड र अपेक्षाभन्दा तलका व्यवहारमा पर्ने’ क्रियाकलापबारे अनुसन्धान गरिने बताए । वाइन्स्टिनले कम्पनीका महिला कर्मचारीलाई दुव्र्यवहार गरेको र केही कर्मचारीलाई मार्नेसम्मको धम्की दिइएको आरोप उक्त मुद्दामा लगाइएको छ । महान्यायाधिवक्ता स्नाइडरम्यानले वाइन्स्टिन कम्पनी बिक्रीको प्रस्तावको टुंगो लागेपछि पीडितहरूले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । वाइन्स्टिन कम्पनीले भने त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
वाइन्स्टिनका वकिल बेन ब्राफम्यानले आफ्ना सेवाग्राहीको कम्पनीमा भेदभाव पटक्कै नभएको बताएका छन् । उनले वाइन्स्टिनको व्यवहार विनागल्तीको नभएको तर उनले कुनै अपराध पनि नगरेको बताए । ब्राफम्यानले वाइन्स्टिनमाथि लागेका सबै आरोपबाट उनले छुटकारा पाउने अनुमान गरे । उनले अन्य कम्पनीका मालिकले भन्दा वाइन्स्टिनले कम्पनीका महत्वपूर्ण कार्यकारी पदहरूमा महिलालाई पु¥याउन मद्दत गरेको पनि बताए । ब्राफम्यानले निष्पक्ष अनुसन्धानले वाइन्स्टिनमाथि लागेका थुप्रै अभियोगहरू विनाआधारका भएको देखाउने बताए ।
प्रतिक्रिया