वासिंगटन । यदि अमेरिकामा परमाणु आक्रमणको खतरा उत्पन्न भयो भने अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पलाई कहाँ लगिनेछ ? पूर्वअमेरिकी राष्ट्रपति ट्रमेनदेखि लिएर ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्न पाउने सुविधा रहेको छ । परमाणु आक्रमणको खतरा हुनासाथ राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा लगिनेछ । यसमध्येको एक बंकर ह्वाइट हाउसमुनि छ, जो १०५० मा बनाइएको थियो । दोस्रो बंकर भर्जिनियाँको ब्लुरिज पहाडमा ‘माउन्ट वेदर’ नामको चुचुरोमा बनाइएको छ ।
अमेरिकाका नेबीले ‘पिनट आइल्यान्ड’ नामको बंकर अमेरिकी राष्ट्रपति जोन अफ केनेडीका लागि बनाएका थिए । यो बंकर फ्लोरिडाको पास बीच हाउस नजिक रहेको छ, जहाँ केनेडी प्रायः जाने गर्दथे । पास बीच र बंकरको दुरी १० मिनेटको रहेको छ । यो बंकरलाई ‘डिटेचमेन्ट होटल’ पनि भनिन्थ्यो जसलाई बनाउन ९७ हजार अमेरिकी डलर लागेको थियो । ट्रम्पको आफ्नै निजी बंकर पनि छ, जुन फ्लोरिडास्थित उनको निजी जमिनमा रहेको छ । यदी राष्ट्रपतिका लागि बनाइएको बंकरको कुरा गर्ने हो भने तीन वटा बंकर छन्, जसमा पिनट आइल्यान्ड, ह्वाइट हाउस र माउन्ट वेदर पर्दछन् ।
पिनट आइल्यान्डमा राष्ट्रपतिसँगै उनका एक दर्जन सहयोगी रहन सक्छन् । यसमा जम्मा ३० जना रहने, बस्ने सुविधा छ । सेप्टेम्बर ११ को आक्रमणमा ह्वाइट हाउसमा बस्ने मरिन रोवर्ट डार्लिङका अनुसार अमेरिकी अधिकारीकाअनुसार राष्ट्रपतिसमेत उनीहरूसमेतलाई लुकाउने व्यवस्था छ जो शीर्ष पदमा छन् । डार्लिङ भन्छन्, ‘अमेरिकामा सेम्टेम्बर ११ को आक्रमणका क्रममा उपराष्ट्रपति डिक चेनी बंकरको काम गर्दै थिए । उनीसँग उनकी पत्नी राष्ट्रिय सुरक्षा सल्लाहकार कोंडोलिजा राइस, रक्षासचिव डोनल्ड रम्सफिल्डसमेत केही अन्य मानिस थिए ।
त्यही तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस एयर फोर्स वनमा रहेका थिए ।’ कंग्रेस सदस्यका लागि पश्चिमी भर्जिनियाँमा ह्वाइट सल्फर स्प्रिंगरको नजिकै ग्रीनब्रायर रिसोर्टमा एउटा बंकर छ । यो बंकरको नाम प्रोजेक्ट ग्रिक आइल्यान्ड थियो र दशकौंसम्म यसलाई प्रयोग गरियो । तर, यसको नाम १९९२ मा यसको प्रयोग हुनछाडेपछि सार्वजनिक भयो । भर्जिनियाँका वरिपरिमा मानिस माउन्ट वेदरलाई ‘डुम्सडे’ सिटी भन्दछन् यसको अर्थ हुन्छ ‘प्रलयको दिनको सहर ।’ भर्जिनियाँसँगै रहेको १७५४ फिटको माउन्ट वेदर चुचुरोलाई राष्ट्रपति र उनका सहयोगीका लागि एउटा बंकरमा बदलियो ।
माउन्ट वेदरको रेखदेख अमेरिकी ‘संघीय आकस्मिक व्यवस्थापन एजेन्सी’ अर्थात फेमा गर्दछ । यसलाई सेप्टेम्वर २००१ मा अल–काइदाको आक्रमणपछि सुरु गरिएको थियो । फेमाका निर्देशकले अक्टुबर २००१ मा कंग्रेसमा दिएको वक्तव्य यो कुरा भनेका थिए, उनले यसअघिका जानकारी भने दिएनन् । माउन्ट वेदरदेखि पिनट आइल्यान्ड र मार– ए–लागो बंकरहरूलाई शीतयुद्ध ताका बनाएको थियो । ‘मार–ए–लागो’ बंकरलाई सुरुआतमा धनाढ्य महिला मर्जरी मेरिवेदर पोस्टले बनाउन लगाएकी थिइन् । पोस्टलाई कोरियासँग युद्ध हुने शंका लागेको थियो ।
ट्रम्पले यो सम्पत्ति १९५० मा किनेका हुन् । उनीसँगै यो बंकरमा जाने व्यक्ति साढे ६ फिटका प्रोजेक्ट म्यानेजर वेस ब्लेकमैनले भनेका थिए कि ‘यो बंकरमा पस्नु कुनै पुरातात्विक अनुसन्धानजस्तै थियोे ।’ ब्लेकमैन भन्छन्, ‘उनले यो बुझेनन् कि बंकर बलियो बनाउन किन यतिका काम गरिएको होला ! किनभने जब महायुद्धजस्तो केही हुनेछ तब बाँच्नका लागि लुक्ने कुनै ठाउँ हुने छैन ।’ एक वन अन्डरग्राउन्ड पुस्तककी लेखिका कैनेथ रोज भन्छिन्, ‘बंकरमै आक्रमण गरियो भने यो केही काम लाग्ने छैन । किनभने ऊर्जा र तापक्रम धेरै हुनेछ ।’
प्रतिक्रिया