हारती तेक्वान्दोमा न्यु जेनिथ च्याम्पियन

काठमाडौं । न्यु जेनिथ इंग्लिस मोडल स्कुल प्रथम हारती जुनियर तेक्वान्दो च्याम्पियनमा च्याम्पियन भएको छ । स्वयम्भूस्थित हारती इन्टरनेसनल स्कुलमा भएको एकदिने तेक्वान्दोमा च्याम्पियन न्यु जेनिथले ४ स्वर्ण, ३ रजत र कांस्य जितेको थियो । दोस्रो भएको आयोजक हारतीले ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक हात पा¥यो । कुल ३ स्वर्ण नै जितेको जेसिस स्कुल भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । जेसिसले समान १ रजत र कांस्य पनि जितेको थियो ।
प्रतियोगितामा कुल १४ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पुरुषमा जेनिथका सुप्रन शाही र महिलामा हारतीकी यन्जी तामाङ बेस्ट फाइटर घोषित भए । अनुशासित टिमको उपाधि भने विज्डम एकेडेमीले हात पा¥यो । कुल ११ विद्यालयका ८५ पुरुष र ३५ महिला खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । विजेतालाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेल, संघका ग्रेडिङ समितिका संयोजक नोर्बु लामा र प्रतियोगिता समितिका संयोजक ब्रदीप्रसाद घिमिरेले पुरस्कृत गरे ।

 

प्रतिक्रिया