सबै नेपालीको बिमा हुनैपर्छ : थापा


सौर्य समाचार
काभ्रे । नेपाली कांग्रेसका नेता गगन थापाले सबै नेपालीको जीवन बिमा हुनुपर्ने बताएका छन् । नेपालीको आर्थिकस्तर अनुसारको बिमांक रकम तिर्दै जाने र तिर्न नसक्ने आर्थिकस्तर भएका नेपालीको रकम सरकारले बेहोर्नुपर्ने नीति भएको उनले जानकारी दिए ।

सो को कार्यन्यवयन आगामी बन्ने सरकारले त्यो बिषय र रगत दिँदा निःशुल्क दान गरे पनि किन्दा लाग्ने शुल्कमा सरकारले पनि केही अंशः लिने काम पनि आगामी सरकारले गर्नेमा आपूm विश्वस्त रहेको उनले बताए । उनले व्यक्तिव्यक्तिको कथा सुनेर यस्ता घटनाहरू नटुंगिने भन्दै प्रत्येक नेपालीले पाउने स्वास्थ सुविधामा बिमाले धेरै सहयोग गर्ने उनले बताए ।

उनले सो बारे कानुन बनिसकेको र यसको कार्यान्वयनमा आगामी सरकारले ध्यान दिनेमा आपूm विश्वस्त रहेको बताए । उनले मेडिकल कलेजहरू जस्तोसुकै पुँजीवादी देशमा पनि नाफामुखी नभएको भन्दै नाफामुखीभन्दा गरिब जनताको छोराछोरीले मिहिनेत गरी यस्ता विषय सहजै पढ्न पाउनुपर्ने डा. केसीको माग निकै जायज भएको बताए । शनिबार काभ्रेको बनेपामा ५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान कार्यक्रममा बोल्दै थापाले प्रदेश–३ को राजधानी हेटौँडा अपायक भएको समेत बताए । भौगोलिक र प्रदेशको केन्द्रको हिसाबले हेटौँडाभन्दा काभ्रे नै उपयुक्त भएको उनको दाबी थियो ।

प्रदेश–३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौँडा अपायक भएको बताउँदै प्रदेशको राजधानी काभ्रे नै बनाउनुपर्ने बताए । ‘सेवा सुविधाको हिसाबले सबैलाई पायक पर्ने ठाउँको रूपमा काभ्रे जिल्ला उपयुक्त छ ।’ उनले थपे ‘राजधानीका लागि आवश्यक पूर्वाधार र सहजता काभ्रे नै भएकाले निर्वाचित माननीय र आपूmले पहल गरिरहेका छाँै ।’ हाल सरकारले गरेको अस्थायी राजधानी जनचाहाना अनुरूप सार्न मिल्ने बताउँदै प्रदेश राजधानीका लागि आपूmले काभ्रे नै बनाउन पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै थापाले आफू स्वास्थ्यमन्त्री भएको समयमा गरेको महत्वपूर्ण निर्णयहरू केही काम हुँदै गरेको र केही रोकिएको जानकारी दिए । ‘सरकार परिवर्तन भएसँगै केही कार्यान्वयनको चरणमा रहेको छ, भने केही महत्वपूर्ण निर्णय रोकिएकाले म त्यसको कार्यान्वयनका लागि पहल गरिरहेको छु ।’ कार्यक्रममा रक्तसञ्चार केन्द्रकी डा. मनिता राजकर्णिकारले सरकारले छुट्टै बजेटको व्यवस्था गरेर रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाउन आग्रह गरेकी थिइन् ।

कार्यक्रम अमेरिकामा रहेका अर्जुनप्रसाद मैनालीको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखा र काभ्रे उपशाखा, लायन्स क्लब अफ काभ्रे र ब्लड डोनर्स एसोसियसन काभ्रेको संयुक्त आयोजनामा ५० पटकभन्दा बढी रक्तदान गर्ने १० जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया