काठमाडौ । छैटौँ दी एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको बास्केटबलतर्फ सामाखुसी बोडिङ स्कुल (सेब) र टिआइएले बिजयी सुरुआत गरेका छन् । बिहीबार भएको बास्केटबलको जुनियर छात्रतर्फ सेबले शिशु निकुञ्जलाई २५–७ को फराकिलो अन्तरले हरायो ।
सेबलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रबि शर्माले महत्वपूर्ण १३ स्कोर गरेका थिए । बास्केटबलकै सिनियर छात्रातर्फ टिआइएले आयोजक दी एक्सेलसियरलाई २७–१७ को स्कोरमा हराउँदा विजयी टिमकी केल्साङ डोल्मा शेर्पाले सर्वाधिक ७ स्कोर गरेकी थिइन् ।
बास्केटबलतर्फ जुनियर छात्रको अन्य खेलमा माउण्ट ग्लोरीले बिएनएलाई २८–१२ ले हराउँदा रोशन दोर्जेले सर्वाधिक ८ स्कोर गरे । बुद्धिमान तामाङको सर्वाधिक ७ स्कोरको मद्दतमा एभिएमले साइन मोडललाई ११–७ को स्कोरले हरायो ।
रेडिअन्टले दि एक्सेलसियरलाई ३८–१४ को स्कोरमा हराउँदा हिजराज रोकाले सर्वाधिक १५ स्कोर गरे । स्वयम्भूस्थित दी एक्सेलसियर स्कुलको आर्टिफिसियल मैदानमा भएको सिनियर छात्रको फाइभ ‘ए’ साइड फुटबलमा इलाइट क्वएट र ओम ज्ञानमन्दिरले जित निकाल्दा आयोजक दी एक्सेलसियरको रातो र नीलो टिमले बराबरी खेलेका छन् । पहिलो खेलमा इलाइट क्वएटले राजश्री गुरुकुललाई ४–२ गोल अन्तरले हराउँदा ओम ज्ञानमन्दिरले त्रिनेत्रलाई २–१ गोल अन्तरले हरायो ।
सिनियर छात्रको अन्य खेलमा दी एक्सेलसियरको रातोले स्वर्णिमसँग २–२ गोलको बराबरी खेल्दा एक्सेलसियरको नीलोले स्किब्ससँग पनि २–२ गोलको बराबरी खेलेका थिए । -सौर्य समाचार
प्रतिक्रिया