सनराइजको १०औँ साधारणसभा सम्पन्न


काठमाडौं, ५ पुस । सनराइज बैंक लिमिटेडको १०औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरूलाई १ अर्ब ६ करोड ३३ लाख ७६ हजार आठ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

बैंकको चुक्तापुँजी आठ अर्ब नाघेको छ । उक्त साधारणसभाले सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आव २०७३÷७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

बैंकको हाल शाखाहरूको संख्या ७० र एटिएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरू र उपत्यका बाहिर ४१ शाखाहरू रहेका छन् ।

बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, रेमिट्यान्स, सन्राइज माइक्रो बैंकिङ लगायत आधुनिक बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।

प्रतिक्रिया