रोकायाले जिते १० लाख

काठमाडौं । यसपटकको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको आइएमई छक्का–पञ्जा अफरअन्तर्गत दोस्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । रोकायाले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै अन्तिम तथा छैटौँ १५ दिनको जीवन बिमा आइएमई सेवाग्राही राजीव थापाले प्राप्त गरे । थापाले जापानबाट पैसा पठाएका थिए । विजेता थापाले ६ लाख बराबरको जीवन बिमा प्राप्त गर्नेछन् । गतहप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्रान्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया