विन्दुले जोगाए कांग्रेसको शाख

पोखरा, २४ मङ्सिर । कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ मा कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । उनले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङलाई ८ सय २ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १० हजार ७ सय २६ मत पाउँदा उनका प्रतिस्पर्धी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् । विजयी भएपछि प्रतिक्रिया दिँदै थापाले आफूले राजनीति पेसाको रूपमा नलिई सेवाको रूपमा अगाडि बढाउने बताए ।

पोखरा उद्योग वाणिज्यसंघका पूर्वअध्यक्षसमेत रहेका थापाले कास्कीमा सबै प्रतिनिधिसभा र अत्य प्रदेशसभाका वाम उम्मेदवारको अग्रता रहेका बेला कास्कीमा कांग्रेसको खाता खोलेका हुन् । उनले खाता मात्र खोलेनन् । कास्कीमा कांग्रेसलाई क्लिनस्विप हुनबाट समेत जोगाए ।
थापालाई कांग्रेसले उम्मेदवार बनाएपछि उनीसंगै टिकटका आकांक्षी रहेका दिनेश शंकर पालिखे असन्तुष्ट हुँदै उनी विरुद्ध बागी उम्मेदवारी दिएका थिए । पालिखेको बागी उम्मेदवारीसँगै थापालाई जितका लागि कठिन ठानिएको थियो ।

त्यसको ठिक विपरीत अन्य स्थानमा कांग्रेसका उम्मेदवार धेरै पछाडि रहेका बेला उनले जीत निकालेका हुन् । उनका बागी बनेका नरेशशंकर पालिखेले १ हजार २ सय ९२ मत ल्याए ।

प्रतिक्रिया