कांग्रेसको त्रास वाम एकता र मतदाता

कम्युनिस्टहरू रातारात मिल्ने जुट्ने निरन्तर प्रक्रियाजस्तो हो । यो कुनै आश्चर्यको कुरा होइन । प्रदेश र प्रतिनिधिसभाको चुनाव आउन ३ हप्ता केही दिन बाँकी रहँदै गर्दा मतदाता अलमलमा परेका छन् । हुन त नेपालमा हरेक कुराको संभावना हुन्छ अन्तिम घडीसम्म पनि । अभैm राजनीति र प्रेममा त हरेक कुरा जायज हुन्छ । कांग्रेसको वर्तमान नेतृत्व अनावश्यक रूपमा हतास मानसिकतामा पुगेका देखिन्छ । जुन कांग्रेसका नेताहरूको अभिव्यक्तिबाट प्रष्ट हुन्छ । केहिवर्षको फरकमा जन्मेका यी २ पार्टी कांग्रेस कम्युनिस्टमा १९–२० फरक होला त्यति बढी भिन्नता छैन  .

कांग्रेसले आपूmलाई प्रजातन्त्रको ठेकेदार, समाजवादी र कम्युनिस्टहरूले आपूmलाई गरिबको हित गर्ने क्रान्तिकारी भन्ने गर्छन् । जो दुबै होइनन् बरु उनीहरू सुकिलोमुकिलो धनाढ्य घरानियाको पार्टी र गरिबको नाम बेचेर खाने पार्टी हुन् । यो कुराको प्रमाण जगजाहेर छ ।
पुष्पकमल दाहाल र केपी ओली दुबै मिलेर वाम एकता चुनाबी तालमेल गर्दा आकाश खसिहालेको र सबै सिद्धिसकेको छैन वास्तवमा कांग्रेसलाई खारिने शुद्धीकरण गर्ने मौका हो यो, नेतृत्वले बुझ्नुपर्छ । यो ०४७÷ ४८ सालका जनताजस्तो सिधा सोझा मतदाता रहेका बेला होइन अहिले आमसञ्चार सूचना र चेतनाले बुज्रुक मतादाता छन् सही गलत थाहा पाउँछन् र केही पैसा नगद जिन्सीका भरमा मतदाता किन्न अलि गाह्रो छ ।

६७ प्रतिशत जनता साक्षर भएको देशमा प्रजातन्त्र, समाजवाद, परिवर्तनकारी राष्ट्रियताको ठेकेदार र संघीयता धर्मनिरपेक्ष, गणतन्त्रको ठेकेदार भन्ने हवाला दिएर चुनाव जित्न गाह्रो छ राजनीतिक परिवर्तनपछिको समायोजन व्यवस्थापनमा कांग्रेस, एमाले, माओवादी सबै चुकेका छन् । बरु उनीहरू त्यागको सावा ब्याज खान उठाउन उद्यत् छन् । यो आमनेपालीलाई थाहा छ तर विकल्प छैन उनीहरूसँग । त्यही कुरा बुझेर कांग्रेस, एमाले, माओवादी मिलेर राज्य दोहन गरिरहेका छन् नेपाली जनताले पनि यो यथार्थ सत्यता बुझेका छन् ।

आजको दिनमा कांग्रेस संयमित भएर राष्ट्रिय राजनीतिलाई समीक्षा गरेर चुनावमा जानुपर्छ न कि हतास मनस्थिति बोकेर । नेपालको पुरानो पार्टी भएको नाताले जुनकुनै पार्टीको पनि सरकार चलाउने बहुमत आएमा वा संभावना रहेमा पनि आत्तिनु हँुदैन, सहिष्णुता अपनाउनु पर्छ । हिजो विद्रोहमा लागेर हिँडेका माओवादीलाई गिरिजाप्रसादले मूलधारमा ल्याए त्यो बिर्सनु हुँदैन तर कांग्रेस सकिएन माओवादीको कारणले । बरु कांग्रेस एमालेका कारणले पंचहरू लोकतन्त्रमा पनि प्रधानमन्त्री बने यो अवसर उनीहरूलाई कांग्रेस एमालेले दिए ।
राजनीति जोगी हुन गरिँदैन तथापि राजनीतिलाई आधार बनाएर बिल गेट्स र वारेन बफेट बन्ने प्रयास गर्नु हँुदैन । यो जनताले बुझ्छन् हिसाबकिताब राख्छन् त्यो चाहे पुष्पकमल, केपी ओली, शेरबहादुर जो कोहीबाट भएको होस् त्यसैले आसन्न चुनाव सजिलो छैन । परिवर्तनपछिको समृद्धिको मुद्दालाई जनतामा लैजानु मन जित्नु अनि मत पाउनु कठिन छ ।

बाँचुञ्जेल गाली मात्र पाएका बिपी, पुष्पलाल, मदन भण्डारी हाल आएर दुबैका महान नेता भएका छन् । समय परिवर्तन हँुदै जाँदा पार्टीहरू पनि परिवर्तन हुनुपर्छ । यो कांग्रेसले बुझ्नुपर्छ तसर्थ वाम एकताले कांगे्रसलाई हानि होइन फाइदा दिन्छ । अस्ति टुँडिखेलमा एमाले माले फुट्दा गरेको लान्छना गाली–गलौज हिलो छ्यापाछ्याप भुल्नु हुँदैन । त्यस्तै बानेश्वरमा देउबा कांग्रेसले गिरिजालाई दिएको चुनौतिलाई स्मरण गर्नुपर्छ । त्यहि चुनौतिले आज देउबा यो ठाउँमा छन् । वाम एकतालाई सकारात्मक रुपमा लिनुपर्छ अत्तालिनु पर्दैन । एक विद्वानले नेपालमा २ वटा मात्र पार्टी हुनु राम्रो होइन भन्ने अभिव्यक्ति दिए । तर, मुलुकमा राजनीतिक स्थिरताका लागि समृद्धिका लागि पार्टीको संख्या कम हुनु आवश्यक छ ।

राष्ट्रिय पार्टी बन्न निश्चित मत पाउनु पर्छ । त्यसैले पार्टीहरू अबका दिनमा कम हुनेछन् । समृद्धिका लागि धेरै पार्टी होइन नैतिकवान इमानदार देशप्रेमी विकासप्रेमी २ पार्टी काफी छन् । ३ करोड जनसंख्या भएको र डेढ करोड बढी मतदाता भएको मुलुकलाई २ जिम्मेवार वाम र प्रजातान्त्रिक पार्टी भए पुग्छ । अहिले भएका पार्टीका विभिन्न नेताहरू जो देशलाई आवश्यक छन् उनीहरू यी २ पार्टीमा समाहित भएर देशलाई अब स्थायित्व र समृद्धिको बाटोमा लैजानु पर्छ । बहुदलीय व्यवस्था भएपछि धेरै दल भद्रगोलको बेथिति हुनुपर्छ भन्ने सोच गलत छ । हुन त यी दुबै दलको नेतृत्वमा खसआर्यको बाहुल्यता छ । त्यसैले पनि ती विद्वानले २ पार्टी मात्र हुनु हितकर छैन भनेका होलान् । अबका दिन यी २ पार्टीले नेतृत्वमा जातीय, वर्गीय, क्षेत्रीय सन्तुलन कायम गर्नुपर्छ । जसका कारणबाट अरू पार्टी जन्माउनुपर्ने आवश्यकता नै नपरोस् ।

साथै बलियो प्रतिपक्ष र जिम्मेवार सत्तापक्ष भयो भने धेरै दलको आवश्यकता पर्दैन २ दलबाट नै राष्ट्रको कल्याण हुन्छ । साथै पार्टी चन्दा आतंक, सडक जाम, नेपाल बन्द, धर्ना, जुलुस पनि कम हुनेछ । तथापि तराईमा रहेका विभिन्न ६÷७ वटा पार्टीलाई पनि वाम या प्रजातान्त्रिक गठबन्धनमा समाहित गरेर मूलधारका यी २ पार्टी अघि बढ्दा राम्रो हुन्छ । कांग्रेस र वाम गठबन्धनले तराईका वास्तविक जायज मुद्दा उत्पीडन भेदभाव विकासका मुद्दालाई संबोधन गर्ने प्रतिबद्धताका साथ अगाडि बढेमा फलदायी हुनेछ । जसमा पुष्पकमल, केपी र देउबाले त्याग गर्नुपर्छ । त्यसबाट राष्ट्रिय एकता विकास स्थायित्व समृद्धिको बाटोमा जान सकिन्छ । होइन भने ०६३ पछि गिरिजाप्रसादलाई राष्ट्रपतिमा समर्थन नगर्नु ठूलो गल्ती भएको महसुस अहिले माओवादीले गरिरहेको छ, त्यसरी नै अरू गल्ती महसुस गर्नुपर्ने दिन आउन सक्छ । जसमा कांग्रेसले पश्चात्ताप गर्नुपर्नेछ ।

वाम एकतामा वैद्य, नेत्रबिक्रम, बिजुक्क्षे, बाबुरामसमेत अटाउनु पर्छ । पटकपटक प्रधानमन्त्री बनेका दाहाल, ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुरामले त्याग गर्नुपर्छ । सदा पदकै सत्ताकै अभिलाषी भइरहँदा एकता संभव छैन, तालमेल पनि लामो समय जान सक्दैन । अब राजनीतिक मुद्दाको लडाइँ होइन समृद्धिका लागि लडनुपर्छ । परिवर्तनलाई व्यवहारमा ल्याउनुपर्छ । वाम एकताको प्रायोजन कसैले दक्षिणबाट कसैले उत्तरबाट गराइएको अनुमान गरेका छन् । हुुन त नेपालका सबै नौला काम बाहिरबाटै भएका छन् त्यसले होला यो शंका गरिएको तर जे भए पनि यो सकारात्मक कदम हो । कांग्रेसमा देउवाले बढी महत्वाकांक्षा नराखी पार्टीलाई सुरक्षित अवतरण गराउन त्याग गर्नुपर्छ । बिस्तारै पहिला पार्टी छाडेर गएका भौँतारिएका मधेसका पुराना नेताहरूलाई उचित स्थान दिइ बृहत् लोकतान्त्रिक गठबन्धनमा जानुपर्छ न कि वाम गठबन्धनलाई सत्तोसराप । आफ्नो पार्टीभित्रको संभावनालाई केलाउनु बिमर्श गर्नु पर्छ ।

गुटबाटमाथि उठी परिवारवाद, धनवाद छाडी संस्थापन र देउबापक्ष सिटौलापक्ष भन्ने कटाक्ष छाडी पार्टी सुदृढीकरणमा लागेमा वाम एकतालाई चुनौति दिन सकिन्छ । पार्टी नेतृत्व सञ्चालन सानेपाबाटै गर्नुपर्छ, बुढनीलकण्ठबाट होइन । कांग्रेस, एमाले, माओवादी आदि पार्टीलाई चिनेर मतदान गर्ने मतदाताका लागि चित्तबुझ्दो जवाफ चाहिन्छ । अब जनताले सोचेर भोट हाल्छन् । अहिले बहुलवादमा व्यक्ति गौण र पार्टी अहं हुने भएकाले सही व्यक्तिलाई पार्टीहरूले टिकट वितरण गर्नुपर्छ ता कि कार्यकर्ताले विद्रोह गर्न बागी उठन नपरोस् । चुनाव जित्नका लागि लडिन्छ तर १०औँपटक एउटै व्यक्तिलाई टिकट दिनु पार्टीहरूको नालायकिपन हुनेछ । यदि यस्तो हो भने पार्टीमा किन लाग्ने जीवनभर पालो नआउने सधैँ कार्यकर्ता मात्र बन्ने हो र ?

मतदाताले पनि भोट राख्दा विकासका एजेन्डा वातावरण धुलो, धुवाँ, सडक, पानी, बत्ती, सामाजिक सुरक्षा, जिउधन सुरक्षाका खातिर लोकतान्त्रिक गठबन्धन वा वामगठबन्धनलाई मतदान गरौँ । धेरैपटक जिताएर पठाएका केही काम नगरेकालाई अब काम गर्लान् भन्ने भ्रममा परेर मतदान नगराँै । वाम तथा लोकगठबन्धनमा जसले जिते पनि मुलुकले हार्दैन । दुबै परिवर्तनकारि शक्ति हुन् । सस्ता टुक्रे पार्टीमा मतदान गर्दा देशमा अस्थिरता आउन सक्छ स्थायी सरकार बन्दैन । मिलिजुली सरकारले स्थायी विकासका एजेन्डा ल्याउन सक्दैन । केबल भागबन्डामा जाने हो, मन्त्री हुने हो, देशको लागि विकासको समृद्धिका लागि कुनै भूमिका हुँदैन । आफ्नो मतलाई एक गिलास रक्सी मासु, मानो, पाथी चामल सय हजार पैसामा नबेचौँ । स्वेच्छाले मतदान गराँै, स्थायी सरकारबाट मात्र विकास स्थिरता शान्ति समृद्धि सम्भव छ । योपटक वाम सरकार बने पनि लोकतान्त्रिक सरकार बने पनि मुलुकले स्थायी र दिगो सरकार पाउनु पर्छ अनि परिवर्तन साकार हुनेछ ।

 

प्रतिक्रिया