नेपालमा अहिले राजनीति शब्दलाई सकारात्मक भन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रबृति हाबी भएको पाइन्छ । अनियमित, अस्वभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य र भविष्य सुनिश्चित गर्छ । अहिले हरेक क्षेत्रमा अस्वभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्तता ल्याएकोछ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिनछ । विद्यालयस्तरीय होस वा उच्च शिक्षामा अनावश्यक राजनीति ब्याप्त छ । राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिबिधिहर निर्बाधरुपमा संचालन हुननपाएर सकसमा परेका छन् ।राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रुपमा शिक्षण संस्था परिचित हुन थालेकाछन् । टाठावाठाको भूलभूलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नु भन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रुपका आन्दोलनमा होमिएको पाइन्छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन । आन्दोलनको दुरगामी असर समेत उनीहरुलाई जानकारी हुँदैन ।
उच्च शिक्षाका अधिकाश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हालत होला ? आजकल गुरुलाई कालोमोसो दल्ने,कुट्ने पिट्ने,थुन्ने जस्ता सांघातिक हमलाहरु पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ट हो भन्दा अन्यथा नहोला । देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकोले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्ने तर्फ प्रेरित गर्ने खालको शिक्षाको खाँचो खट्किएको देखिन्छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धे दृष्टी राखेर च्याँखे थाप्ने प्रवृत्ति हावी भएको बग्रेल्ती उदाहरण छन् ।समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न शिक्षामा राजनीति केन्द्रित हुनुपर्दछ । व्यक्तिको भन्दा विधिको, नेता भन्दा नीतिको, सिम्प्टम भन्दा सिस्टमलाई सम्वोधनगर्ने खालको दृढ इच्छाशक्ति भएको राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वभाविकै हो ।
तोकिएको आबश्यक सेवा शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्दछन् रु शिक्षक,कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा आबश्यकता र चाहना अनुसार विधिसम्मत भएका छन् त ? अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यी र यस्तै खाले कतिपय प्रश्नहरु राजनीति तर्फ लक्षित हुन्छन् । विद्यार्थी,शिक्षक कर्मचारीलाई आफ्नो योग्यता,क्षमता अनुसार दक्षता प्रर्दशन गरी विवेकपुर्ण निर्णयहरु लिनलाई राजनीतिले प्रभाब पारेको छ । आफै नीति नियम वनाउने तर त्यही नीति नियमलाई मिचेर काम गर्न विवश वनाउने प्रवृत्ति अपरिपक्व राजनीतिको हैन र ? अर्को अर्थमा भन्नुपर्दा पेशाकर्मीलाई प्रत्यक्ष ,परोक्ष रुपमा नीहित राजनीति उद्धेश्य पुर्तिको लागि कठपुतली बनाएको छ भन्दा बर्तमानमा असान्दर्भिक नहोला की ?
तसर्थ भावी पिडिका राजनीतिलाई ईमान्दार बनाउन अहिले देखि नै शिक्षा दिनुपर्ने खांचो टड्कारो देखिन्छ । शिक्षक कर्मचारीलाई उनीहरुको पेसागत दक्षता र विवेक भन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्यांकन गरिनुका कारण वालवालिका गुणस्तरीय शिक्षा पाउनवाट विमुख भएका छन् । विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाई भए ठूलो उपलब्ध्री भएको ठान्नु परेकोछ । वन्द हडताल जुलुसको प्रमुख तारो विद्यालय हुने गरेकोछ । पाठ्यव्रmम पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाई नभएको अवस्थामा हामीले कस्तो गुणस्तरीयताको अपेक्षा गर्न सकिएला ? अतः शिक्षण संस्था तोकिएको विधि र प्रव्रिmयाबाट निर्वाध रुपमा चल्न पाउनुपर्दछ ।
शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक, र सचेत अभिभावकको खाँचो पर्दछ । व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्दछ । राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्दछ भन्ने बारेमा शिक्षा प्रदान गरिनु पर्दछ । जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्दछ । जानी जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खलवल्याने कुत्सित नियत भएका जो कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कार समेत गर्ने नीति अवलम्बन गरिनु पर्दछ । सम्वृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाचो पर्दछ । दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्दछ ।
विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरुको उर्जाशील क्षमतालाई सामाजिक रुपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ । भनिन्छ बाली लगाउन ६ महिना, फलफूल फलाउन १० वर्ष र मानिस बनाउन सय वर्षको योजना चाहिन्छ । राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्व सामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतीलाई न्यूनीकरण गर्नका लागि समेत शिक्षाको अतुलनीय योगदान रहन्छ । त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ती प्रतिस्पर्धी र प्रतिष्ठित देशको रुपमा उभ्याउन शिक्षामा अशोभनीय राजनिित गर्न तत्काल त्याग्नु पर्दछ ।
तसर्थ, शिक्षामा राजनीति की राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ । शिक्षण संस्थामा कार्यरत शिक्षक देखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठन पाठनलाई केन्द्रमा राखेर नीति नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्दछ । उनीहरूको कार्य दक्षताको मूल्याङ्कन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धीस्तर र प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा दाँजेर हेरिनुपर्दछ । सबै राजनीतिक दलहरुले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको सङकल्प गरेमा निश्चयनै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ ।
प्रतिक्रिया