पश्चिम नेपालको कर्णाली सेरोफेरोबाटै नेपाली भाषाको उत्पति भयो । पश्चिम नेपालको दुर्गम जिल्ला मानिने बझाङमा ( १९३४ भदौ ७ गते ) जन्मेका तत्कालीन राजा जयपृथ्वीबहादुर सिंहले नै नेपालमा शिक्षाको सुरुआत गरे । उनले लेखेको ‘अक्षरांक शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।
जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षरांक’ मा देवनागरी लिपिका सावाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अंग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए । उनको ‘अक्षरांक शिक्षा’ नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गांक, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । जयपृथ्वीले अक्षरांक शिक्षा लेखेर १९५८ सालमा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुंगोको रूपमा स्थापित भएको छ ।
आफू राजाभएपछि जयपृथ्वीले शिक्षालाई खुबै महत्व दिए । त्यहीक्रममा उनले ८ जना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठै जना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भए । बालबालिकाको चौतर्फी विकासका लागि बाधा पर्ने विभिन्न समस्यामा कुपोषण, विकृतिपूर्ण संस्कृति, अज्ञानता, मानसिक र शारीरिक शोषण र अशिक्षा हुन् । यी सबै समस्यालाई समाधान गर्न शिक्षाकै ज्योति बाल्नु पर्दछ भनेर जयपृथ्वीले विकट गाउँ चैनपुर र काठमाडौंको नक्सालमा सत्यवादी पाठशाला खोले । अहिले बझाङमै उच्चशिक्षा हासिल गर्न पाउनुको पछाडि राजा जयपृथ्वी नै रहेको सम्झन्छन् बझांगी युवाहरू । जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरे । उनैले वैज्ञानिक ढंगबाट नापीको व्यवस्था पनि गरे । त्यहाँ औषधालय उनैले स्थापना गरे । खग औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो ।
मानवतावादी राजाका रूपमा चिनिएका जयपृथ्वी नेपालबाट अमेरिका, रुसको भ्रमण गर्ने पहिलो नेपाली थिए । मानवतावादीसम्बन्धी पुस्तक लेखे मानवतावाद शिक्षा दिँदै गए र पछि नेपालमा मानवतावाद संस्था खोलिँदै गएका थिए । माओवादी जनयुद्ध र मधेस आन्दोलनपश्चात खसभासा भनेर विवादमा आएको नेपाली भाषाकोे आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो । जयपृथ्वीका आफ्नै ससुरा तत्कालीन राजा चन्द्रशमशेरका दमन सहन नसकेर ४८ वर्षको उमेरमा उनी भारततिर पसे । भारतको बेंग्लोरमा बस्दा उनले पत्रिका प्रकाशन गरी बसेका थिए । नेपाली परिवेशमा जयपृथ्वी महामानव थिए । राष्ट्रवादी जयपृथ्वी ६४ वर्षको उम्मेरमा १९९७ साल १ असोजमा भारतको बैंग्लोरमा स्वर्गीय भए । त्यसबेला उनलाई त्यहाँ बृटिसको कम्पनी सरकारले राजबन्दी बनाएर राखेको थियो ।
स्वर्गीय भएपछि विदेशीहरूले त उनलाई दोस्रो गौतम बुद्धको नामले नै सम्मान गरेको पढ्न पाइन्छ । पछि भारतको बेंग्लोरमा नेपालका मानवतावादी राजा जयपृथ्वी बसेको ठाउँलाई जयपृथ्वी नगरको नामाकरण गरिएको थियो । विदेशले चिनेका तर नेपालले नचिनेका समाजवादी राजा रुस भ्रमण गर्ने पहिलो नेपाली जयपृथ्वीबहादुर सिंह र नेपाल भ्रमण गर्ने इभान मिनायेभको स्मृतिमा स्थापना गरिएको ‘जयपृथ्वी–इभान मिनायेभ स्रष्टा सम्मान’ पुरस्कारको स्थापना गरिएको छ । त्यस्तै उनको सम्मानमा बैतडी–बझाङ राजमार्गलाई जयपृथ्वीबहादुर राजमार्ग नामाकरण गरिएको छ । राजा जयपृथ्वी सुधार गर्न बाँकिरहेको गरिबी, अशिक्षा, जातीय भेदभाव, रुडीवादीको बदनामबाट नाम कमाएको पश्मिम नेपाल अथवा सुदुरपश्चिम जहिले पनि राजनीतिक हेराइमा पछाडि पारियो । बेरोजगारी युवाको भारत कालापहाडको कुल्लीकाम भारतका गल्लीमा चौकीदारी छुट्करा दिन सकेन ।
डेड शताब्दी पहिले शिक्षाको सुरुआत गर्ने जयपृथ्वी जन्मेको जिल्लामा अहिले पनि ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । उनकै क्षेत्रमा अहिलेसम्म सबैभन्दा गरिबी अशिक्षा छ । सुदूरपश्चिम र मध्यपश्चिममा अहिले पनि ४६ दशमलव २ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । डेढ शताब्दी पहिले नै राजा जयपृथ्वीले खोलेको खग औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो यस्को निरन्तरता पाइदिएको भए यस क्षेत्रका जनताले अकालमै ज्यान गुमाउनु पर्ने थिएन समग्र नेपालले । बालबालिकाको शिक्षामा प्रत्येक व्यक्ति र राष्ट्रले चासो राख्नु पर्दछ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त थिए । उनी जस्तै अरू नेपालीले पनि यस्तै सोच राखेको भए नेपाली बालबालिकाको शिक्षाको साथै अन्य स्थितिमा आज धेरै सुधार आइ सक्तथ्यो । प्रधानमन्त्री चन्द्र शमशेरको युरोप यात्रामा जयपृथ्वी पनि सहभागी थिए ।
उनले युरोपका अधिकांश देशमा बालबालिकालाई पढाउने स्तरीय पुस्तक र पाठशालाको भ्रमण गरेर धेरै कुरा सिके बालबालिकाको भविष्यप्रति जयपृथ्वी निकै चिन्तित थिए । पश्चिमनेपालका मानवतावादी राजाको चिन्तन कर्णाली क्षेत्र हदै काठमाडाैं पुग्न नपाउँदै बीच बाटोमै तुहिनुमा राणाहरूको हात भए पनि लागू नगर्नु अहिलेका शासनको कमजोरी हो । मानवतावादी राजा जयपृथ्वीको बालबालिकाको चौतर्फी विकासका लागि वाधा पर्ने विभिन्न समस्यामा कुपोषण, विकृतिपूर्ण संस्कृति, अज्ञानता, मानसिक र शारीरिक शोषण र अशिक्षा हुन् । यी सबै समस्यालाई समाधान गर्न शिक्षाकै ज्योति बाल्नु पर्दछ भनेर लागेको यो अभियान नै आज पश्मिम नेपालको आवश्यकता भएको छ । यिनैकुरा बलिया नहुन्जेल पश्मिम नेपालको विकास र अशिक्षा हटाउन मुस्किल पर्नेछ र डेढ शताब्दीको सत्यवादी बाटो र बालबालिकाको भविष्यको चिन्तन आजको खाँचो भएको छ ।
प्रतिक्रिया