दुर्लभ २ मुखे सर्प भेटियो !

NBT-image.jpgअमेरिका २८ भदौ । यहाँको आकेंसामा दुईमुखे सर्प भेटिएको छ । जसको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आर्केसाको जंगली सहरको रोडनी केल्सो नामक व्यक्तिका घरमा गत हप्ता मात्र सो सर्प देखिएको थियो । दुईमुखे सर्प देखिनुलाई कसैले अनिष्टको संकेतका रूपमा लिएका छन् भने कसैले डरलाग्दो बताउने गरेका छन् ।

यो सर्पको लम्बाइ ११ इन्चको रहेको छ । जसको घरमा यो सर्प देखियो उनले यसलाई कसैगरी एउटा डब्बामा राखेर जि नेचर सेन्टरमा बुझाएका थिए । कसैले यसलाई अपसकुन भन्दै आएको भए पनि विशेषज्ञ यसलाई त्यस्तो केही नभएकोभन्दै सामान्य रूपमै लिएका छन् ।

सर्प विशेषज्ञ कोडी वाकरका अनुसार यो दुई मुखे सर्प अर्केसामा पाइने अन्य सर्पभन्दा विषालु हुन्छ । दुई मुखे सर्पको उमेर पनि कम हुन्छ किनभने यो वास्तवमा दुई सर्पको सम्मिलनले दुईमुखे भएको हो ।

यसको दुईटा मष्तिस्क पनि हुन्छ । दुईटा अलग–अलग टाउका हुने भएकाले यसको मष्तिष्क पनि ढिलो चल्छ त्यसैले यो दुस्मनको सिकार पनि चाडै हुन्छ । दुई सर्पका अलग–अलग भ्रूण एकअर्कामा पुरै अलग्गिइ नसक्दा यस्तो दुईमुखे देखिन्छ ।

प्रतिक्रिया