नेपालमा विगत वर्षका तुलनामा महिला हिंसाका घटनाहरू सार्वजनिक हुने क्रम बढेको छ । पछिल्लो समय महिलामा भएको चेतना अभिवृद्धिसँगै हिंसाविरुद्ध उजुरी दिने क्रम पनि बढेको छ । चेतनाको विकास, राजनीतिक प्रभाव र सञ्चार माध्यमको सहयोगले दिन प्रतिदिन महिला हिंसाका घटनामा उजुरी दिने क्रम बढेको हो । विगत वर्षमा जेजस्ता घटना भए पनि महिलाले लुकाएर राख्ने गरेका थिए ।
पछिल्लो समय महिलाहरू आफूमाथि हिंसा भएको भन्दै सम्बन्धित निकायमा उजुरी दिन पुग्ने गरेका छन् । महिलाहरू हिंसाविरुद्ध सचेत हुँदै गएका छन् । आफूमाथि भएको हिंसा सहनु हुन्न, जति सहृयो उति हामी महिला नै पछाडि पर्ने छौँ भन्ने सचेतना आम महिलामा बढ्दै गएको छ । चुप लागेर बसिरहेका महिलामाथि नै बढी अत्याचार र शोषण भइरहेको ठहर छ ।
प्रत्येक महिलाले आपूmमाथि भएको दुव्र्यवहारको घटना हिम्मतका साथ सार्वजनिक गर्नसके मात्र समाजमा सकारात्मक परिवर्तन आउने निश्चित देखिएको छ । महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेका छन् । दाइजोका विषयमा हुने हिंसा, बहुविवाह, घर निकाला, दुव्र्यवहार, कुटपिटजस्ता घटना घरेलु हिंसामा बढी छन् । वैदेशिक रोजगार गएपछि पुरुषले आफ्ना श्रीमती र बालबच्चालाई बेवास्ता गर्ने र दोस्रो विवाह गर्नेजस्ता घटना पनि भइरहेका छन् । बोक्सीको आरोपमा हुने हिंसा अर्को भयावह हिंसाका रूपमा रहेको छ । बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना भोग्नु परेको छ, सामाजिक बेइज्जती सहनु परेको छ र कतिपयले त ज्यानै गुमाउनु परेको छ ।
सामाजिक चेतना अभिवृद्धिले मात्रै यस्ता घटना कम हुन्छन् । यसका लागि सबै सरोकारवालाले सामुहिक रूपमा चेतनामुलक अभियान चलाउनु पर्ने अत्यन्तै आवश्यक छ ।महिला आयोगका अनुसार आयोगमा एक वर्षमा घरेलु हिंसासम्बन्धी २ सय ५०, महिला हिंसासम्बन्धी १ सय ४३ वटा उजुरी दर्ता भएका छन् । विश्वव्यापी रूपमा बलात्कारका घटना चर्को समस्याका रूपमा देखिएका छन् । साना बालिका, किशोरी, युवती, वृद्धा तथा शारीरिक र मानसिक रूपमा अशक्त जोसुकै बलात्कारको सिकार भएको तथ्यांकले देखाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विश्वमा ३५ प्रतिशत महिलाहरू जीवनमा कुनै न कुनै समयमा हिंसाको सिकार भएका छन् ।
जसमध्ये २३ दशमलब २ प्रतिशतले आफ्नै सहकर्मी÷श्रीमान्बाट शारीरिक, मानसिकलगायत यौन हिंसा भोगेका छन् । नेपाल, बंगलादेश, भारत, पाकिस्तान, म्यानमार, दक्षिण अफ्रिकाजस्ता विकासोन्मुख देशमा ३७ प्रतिशत महिला कुनै न कुनै किसिमको हिंसा भोगिरहेका छन् । विकसित राष्ट्रहरूमा समेत बलात्कारलगायत महिलाविरुद्ध हिंसाका घटनाहरू हुने गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा २ लाख ७७ हजार, अमेरिकामा ८४ हजार बलात्कारका मुद्दाहरूको जाहेरी परेको थियो भने बेलायतमा सोही वर्ष १६ हजार बलात्कारका उजुरीहरू परेको तथ्यांकले देखाएको छ । यस्तै भारतमा पनि २०१२ मा करिब २५ हजार बलात्कारका उजुरी परेका थिए ।
नेपालको सन्दर्भमा २००८ मा बलात्कार र बलात्कार प्रयासका घटनाहरू जम्मा ७ सय ११ वटा जाहेरी परेको छ भने ३ सय ८२ वटा घटनाको अभिलेख नेपाल प्रहरीमा रहेको छ । आर्थिक वर्ष २०१२ मा ५ सय ५५ बलात्कार र १ सय ५६ बलात्कार प्रयासका घटनाहरू जाहेरी परेका थिए । विकसित मुलुकलगायत विश्वका धेरै देशहरूमा अधिकांश बलात्कारका मुद्दाहरूमा अदालतको फैसलाबाट प्रतिवादीले सफाइ पाएको अवस्था छ । बेलायतको प्रख्यात गार्जियन पत्रिकाका अनुसार २०११ र ०१२ मा बेलायतमा जम्मा बलात्कारका मुद्दामध्ये ७ प्रतिशत मात्र पीडकले कसुर सावित भई सजाय पाएका छन् ।
स्विडेन र फ्रान्समा यो क्रमशः १० प्रतिशत र २५ प्रतिशत रहेको छ । भारतमा भने २०१२ मा २४ दशमलब २ प्रतिशत बलात्कार मुद्दाहरूमा प्रतिवादीको कसुर ठहर भएको उल्लेख छ ।महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार २०१२ मा जम्मा ५ सय ४७ बलात्कारका मुद्दामध्ये ३ सय ४९ मुद्दाहरूमा (६३ दशमलब ८ प्रतिशत) कसुर सावित भई पीडकले सजाय पाएको देखिन्छ भने बलात्कार प्रयासका जम्मा १ सय ७२ मुद्दाहरूमध्ये ७३ मुद्दामा (४२ दशमलब ४४ प्रतिशत) पीडकले सजाय पाएका छन् ।सन् २०१३ मा मात्र बोक्सीको आरोपमा ६८ जनामाथि हिंसा भएको, परिवारबाटै १ सय ८ जनाको हत्या भएको तथ्यांक छ । एक वर्षदेखि १७ वर्षसम्मका ४ सय ६ बालिका बलात्कारमा परेका छन् । केही वर्षअघि सिराहा जिल्लामा मात्रै ७ जना महिलाको परिवारजनबाट हत्या भएको थियो
मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको अभिलेख राख्ने अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को अध्ययनअनुसार सन् २०१३ मा विगतको तुलनामा महिलामाथि हुने घरेलु हिंसा बढेको पाइएको छ । महिला अधिकार हननका घटना मात्र २ हजार ३ सय ४८ वटा छन् । अघिल्लो वर्ष यस्ता घटना ९ सय १० वटा भएका थिए । बोक्सीको आरोपमा ६८ जना महिला प्रताडित भएको रेकर्ड छ । प्रतिवेदनअनुसार तल्लो जातको केटासँग भागेको आरोपमा गत वर्षको जेठमा १५ वर्षीया एक किशोरीको हत्या आफ्नै बाबुले गराएको घटनासमेत छ । सिराहा जिल्लामा मात्रै ७ जना महिलाको परिवारजनबाट हत्या भएको छ । यस्तै कैलाली र मोरङमा ५–५ जना महिलाको परिवारजनबाटै हत्या भएको खुलेको छ । एक वर्षदेखि १७ वर्षसम्मका ४ सय ६ बालबालिका बलात्कृत भएको तथ्यांकमा उल्लेख छ । अझै पनि घरेलु हिंसाबाट महिलामाथि हुने शारीरिक तथा मानसिक आघातलाई संवेदनशीलताका साथ हेर्ने संस्कृति निर्माण हुन सकेको छैन । महिलामाथि हुने घरेलु हिंसालाई परम्परागत रूपमा लिने सोच यथावत छ ।
मानवअधिकार हननका कुल घटनामा पनि महिला अधिकार हननका घटना सबभन्दा बढी छन् । प्रतिवेदनअनुसार ०६९ मा ३ हजार ५ सय २१ वटा विभिन्न किसिमका मानवअधिकार हननका घटना सार्वजनिक भएका थिए, जसमध्ये महिला अधिकारसँग सम्बन्धित घटना ९ सय १० वटा थिए । यस वर्ष ५ हजार ४ सय ३५ घटना सार्वजनिक भएकामा महिला अधिकार हननको संख्या २ हजार ३ सय ४८ छन् ।महिला हिंसा तर्फ सबभन्दा बढी काठमाडौंमा १ हजार ५ सय ६७ भन्दा बढी उजुरी दर्ता थिए । त्यसमध्ये अधिकांश घटनामा मिलापत्र भएको छ भने ६८ वटा घटनामा मात्रै कानुनी प्रक्रिया सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।घरेलु हिंसा नियन्त्रण ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्थाअनुसार मिलापत्रलाई बढवा दिनुपरेको काठमाडाैँ प्रहरीको भनाई छ । फितलो कानुन भएको कारण र कानुनको पनि कार्यान्वयन नहुनाले महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको इन्सेकको ठहर छ ।
मानवअधिकार हननका घटनामा पनि महिला अधिकार हननका घटना बढी देखिन्छन् । प्रतिवेदनअनुसार अघिल्लो वर्ष जम्मा ३ हजार ५ सय २१ वटा विभिन्न किसिमका मानवअधिकार हननका घटना सार्वजनिक भएका थिए, जसमध्ये महिला अधिकारसँग सम्बन्धित घटना ९ सय १० थिए । यस वर्ष ५ हजार ४ सय ३५ घटना सार्वजनिक भएकामा महिला अधिकार हननको संख्या २ हजार ३ सय ४८ तथ्यांकमा उल्लेख छ । यसैले महिला हिंसा न्यूनीकरणका लागि सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ । विगतका तथ्यांक र पछिल्ला घटनाक्रमलाई हेर्दा अझै नेपालमा महिला हिंसाविरुद्ध सचेतचनाको निकै आवश्यकता रहेको देखिएको छ । यसतर्फ सरकारी पक्षका साथै महिलाका हकहित र अधिकारका लागि लागि परेका गैरसरकारी निकायले पनि उत्तिकै ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया