ठूलो अनिष्ट टर्याे

भुटान र चीनको सीमा क्षेत्र डोक्लाममा तैनाथ आफ्ना सेनालाई भारतले सोमबार फिर्ता गरेको छ । भारतीय सेनाको यो फिर्तीसँगै संभावित अनिष्ट टरेको छ । भूटानको सीमा मिचेर चीनले सडक बनाउन लागेको दावी गर्दै भारतले डोक्लाममा सेना तैनाथ गरेको थियो । यता चीनले आफ्नै भूमीमा सडक निर्माण गरिरह“दा तेस्रो पक्ष भारतले आनावश्यक रूपमा अवरोध सिर्जना गर्न खोजेको भन्दै तत्काल फिर्ता जान भारतलाई आग्रह गरेको थियो । डोक्लाम विवाद आफ्नो र भूटानको मामिला भएको भन्दै चीनले भारतीय सेनालाई आवश्यक परे बल प्रयोग गरेरै भए पनि फिर्ता पठाउनका लागि ठूलो परिमाण सन्यशक्ति तैनाथ गरेको थियो । दुबै देशका सेना आमनेसामने भएर युद्धका लागि तयार भएका तस्बीरहरूलाई विश्वको सञ्चार माध्ययले प्रकाशित गर्न थालेपछि विश्व जगतमै चिन्ता छाएको थियो । चीन–भारतबीचको डोक्लाम समस्या समाधानको दिशातिर उन्मुख हुनु भनेको ज्यादै सकारात्मक पक्ष हो । दुवै देशले युद्धको तयारी अवस्थामा सेना तैनाथ गरे पनि कूटनीतिक वार्ता र पहल जारी राखेका कारण सकारात्मक परिणाम आएको हो । विश्वका महाशक्ति उन्मुख चीन र भारत युद्धमा होमिएका भए त्यसले ल्याउने परिणाम अत्यन्त विकराल हुने निश्चित थियो ।
त्यसमा पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दुई ढुंगा बीचको तरुलको उपमा दिएको हाम्रो मुलुक धेरै नै प्रभावित हुने निश्चत थियो । संभावित युद्धलाई शान्तिपूर्ण बाटेबाट समाधान गरेकोमा चीन र भारतलाई धन्यवाद दिनै पर्छ । विवाद समाधानको गतिलो विकल्प युद्ध होइन है, भन्ने सन्देश चीन र भारतले दिएका छन् । भुटानको भूमीमा सेना तैनाथ गरेर छिमेकी चीनसँग निहुँ खोज्न जानु भारतको अर्घेल्याँइ हो भन्ने जान्दाजान्दै पनि यो मामिलामा तटस्थ बस्ने निर्णय नेपालले लियो । यी २ शक्तिशाली छिमेकीमध्ये एउटाको पक्षलिन सक्ने अवस्थामा नेपाल थिएन ।तर, भारतले भने नेपालबाट सहयोग चाहेको थियो । नेपालको सहयोगविना चीनसँग युद्ध गर्न सकिन्न भन्ने पाठ भारतले सन् १९६२ मै सिकेको हो । त्यो लडाइँमा निकै ठूलो क्षतिका साथ भारतले पराजय बेहोरेको थियो । विकट हिमाली क्षेत्रमा तैनाथ भएर लडाइ गर्नसक्ने क्षमता भारतीयहरूले नराख्ने भएका कारण नै अंग्रेजले गोखार्ली (नेपाली) लाई सेनामा भर्ना गरेर संरचना बनाएका थिए । अंग्रेजले देश छाडेर गए पनि गोर्खाली सेनाको त्यो संरचना भारतमा यथावत छ ।हिमाली तथा विकट पहाडी क्षेत्रमा अपत्विपत् पर्दा भारतले प्रयोग गर्ने भनेको गोर्खाली सेनालाई नै हो । डोक्लाम ४ हजार मिटरभन्दा बढी उचाइमा छ । समान्यतः भारतको मैदानी क्षेत्रमा जन्मे हुर्केकाहरूलाई ३ हजार मिटरमाथिको उचाइदेखि नै लेक लाग्न थाल्ने भएकोले यहाँभन्दा बढी उचाइको क्षेत्रमा गोर्खाली सेना पठाउने गरिएको हो ।

डोक्लाममा पनि गोर्खाली सेना नै तैनाथ गरिएको थियो । नेपालले तटस्थ रहने भनाई सार्वजनिक गर्दै गर्दा भारतीय सेनाका पूर्व जर्नेल अशोक मेहताले बिबिसीसँगको अन्तर्वार्ताका क्रममा प्रश्न गरेका थिए, ‘डोक्लाम प्रकरणमा नेपाल कसरी तटस्थ रहन सक्छ ? त्यहाँ भारतका तर्फबाट पहिलो लडाइ“ गर्ने भनेको गोर्खाली सेनाले नै हो, आफ्नै देशका नागरिक मारिने अवस्थामा नेपाल तटस्थ रहनसक्छ ?’ मेहताको यो प्रश्न निकै पेचिलो थियो । एकातिर आफ्नै देशका नागरिक मारिने र अर्कोतिर भारतबाट पेट्रोलियम आयतमा संकट पर्नसक्ने अवस्थाका कारण नेपाल पनि युद्धरतदेश सरह प्रभावित हुने अवस्था थियो । तटस्थ बस्ने नेपालको निर्णयका कारण पनि आफ्ना सेनालाई फिर्ता बोलाउन भारत बाध्य भएको हुनसक्छ । कारण जे सुुकै होस् डोक्लामबाट पछि हट्नु भारतको अत्यन्त जायज कदम हो । युद्धमा होमिएको भए भारतलाई निकै ठूलो नोक्सान हुने अवस्था थियो । खुला सिमाना र आफ्नै नागरिक लडाइ“मा होमिने अवस्थाको कारण नेपालले पनि भारत सरह क्षति बेहोर्नुुपथ्र्यो । युद्धबाट पछि हटेकोमा दुबै छिमेकीलाई धन्यवाद ।

प्रतिक्रिया