दशै तिहारको गितमा केपिको अभिनय (भिडियोसहित)

kpकाठमाडौं, १३ भदौ । दशै तिहारलाई लक्षित गरी दशैंको गित धमाधम सार्बजनिक भइरहेका छन् । त्यस्तै गायक महेश विक्रम पाण्डेले भर्खरै बजारमा ल्याएको दशैँ गित “खुसीयाली महलमा बोकी ल्याउँछ दशैँ तिहार” आएको छ ।

गजलकार निर्दोश जिवनको मार्मिक शब्दमा महेश बिक्रम पाण्डेले संगीत गरेका छन् । गायक पाण्डेकै स्वरमा गित रहेको छ । टंक केसीले छायांकन गरेको उक्त गितको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

dashain geet

निर्दशक मदन खड्काको निर्दशनमा तयार भएको यो गितको भिडियोमा पुजा गुरुङ, खड्क प्रसाद देबकोटा (के पि), प्रस्तुती गुरुङ, ब्यन्जना तामाङ, राजिब, दिनेश, जिवन के सि, धनु गुरुङ, अस्मिता श्रेस्ठलगायतको भूमिका रहेको छ ।

म्युजिक नेपाल मार्फत विश्वमा नै युटुब मार्फत हेर्न सकिन्छ । गरिवको व्यथालाई शब्दले गितमा बदलिदिएको उक्त मिार्मिक भडियोमा खड्गप्रसाद देवकोटा (के पिं) ले अभिनय गरेका छन् ।

प्रतिक्रिया