स्याकारको दसैँतिहार योजना

काठमाडौं १३ भदौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम होन्डा ‘ह्विल अफ फच्र्युन टु’ योजना ल्याएको छ । स्किमको समय अविधि भर होन्डाका ग्राहकले १ लाखदेखि १० लाख रुपैयाँसम्म नगद उपहारका साथै अन्य सुविधा जित्ने अवसर प्राप्त गर्नेछन् ।  यस योजनाअन्तर्गत ग्राहकले होन्डा मोटरसाइकलको खरिदमा स्क्रायज कुपनमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ५ वर्षको लागि स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा ४ हजार ५ सय रुपैयाँ बराबरको १० थप फ्री सर्भिस कुपन प्राप्त गर्ने विज्ञप्तिमार्फथ जनाएको छ ।

होन्डा बिग बाइक किन्दा आकर्षक नगद छुटसमेत रहेको छ भने होन्डा कारको खरिदमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क रोड ट्याक्स फ्री एसोसरिज तथा १ वर्षको कम्प्रेसिभ इन्युरेन्स पनि छ । बम्परमा सोही कुपनबाट लक्की ड्रमार्फत १० जनाले ह्विल घुमाएर प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया