सुवेदीलाई ‘बीपी सम्मान’

abhi-subediकाठमाडौं, १३ भदौ । जननायक बीपी कोइराला स्मृति ट्रस्टले हरेक वर्ष प्रदान गर्दै आएको ‘बीपी साहित्य सम्मान पुरस्कार’ बाट साहित्यकार प्राडा. अभी सुवेदी सम्मानित हुने भएका छन् । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य बलदेव शर्मा मजगैंया, डा. धुव्रचन्द्र गौतम, र सुशीलमान शेरचनको सिफारिस समितिले सुवेदीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीको सन्दर्भ पारेर १ लाख १ हजार राशीको सो पुरस्कार प्रदान गर्दै आएको छ ।  त्यसैगरी, दाङका तीर्थराज चैतुलाई यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  चैतुलाई प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु¥याएकाले सो पुरस्कार दिन लागिएको ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जनाए ।

२४ भदौमा बीपी जयन्तीको दिन काठमाडौंमा विशेष समारोह गरी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पुरस्कार प्रदान गरिने ट्रस्टले जनाएको छ ।

प्रतिक्रिया