करेन्ट लागेर युवकको मृत्यु

carentलहान, १२ भदौ । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका १२ विष्णुपुरमा सोमबार एक युवकको मृत्यु भएको छ । आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ ।

प्रतिक्रिया