नेपाल बैंकको नाफा ३ अर्ब २२ करोड

nepal-bankकाठमाडौं । नेपाल बैंक लिमिटेडले आव ०७३÷७४ मा ३ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि गरी ३ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । आर्थिक वर्ष ०७२÷७३ मा बैंकले २ अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैकले यस अवधिमा चुक्ता पुँजीमा २४ प्रतिशतले वृद्धि हासिल गरी ८ अर्ब ४ करोड पु¥याएको छ भने जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ पु¥याएको छ । बंैकले ०७४ असारमा निक्षेपतर्फ करिब ५ प्रतिशतले वृद्धि हासिल गरी ९३ अर्ब ९४ करोड पु¥याएको छ । त्यसैगरी कर्जातर्फ १७ प्रतिशतले वृद्धि हासिल गरी ७४ अर्ब ३७ करोड पु¥याएको छ ।

बैकको कोष लागत १ दशमलव ९७ प्रतिशत, आधार दर ६ दशमलव २९ प्रतिशत प्रति शेयर आम्दानी ४० दशमलव शून्य ३ र कुल कर्जामा भाखा नाघेको कर्जा अनुपात ३ दशमलव १७ प्रतिशत रहेको छ । बैंकले देशका ५३ जिल्लामा १ सय ३३ शाखा कार्यालय र ८ एक्सटेन्सन काउन्टरको कार्य सञ्जालमार्फत ग्राहकलाई सामान्यदेखि मोबाइल बैंकिङ, अनलाइन बैंकिङलगायत आधुनिक बंैकिङ सेवा उपलव्ध गराइरहेको छ ।

प्रतिक्रिया