रुढिवादविरुद्ध न्यायिक सक्रियता

rudra pathakकेही वर्षअघि बाराको गढिमाईलगायत अन्य मठ मन्दिरमा बलिप्रथा रोकी पाउँ भन्ने सन्दर्भमा सर्वोच्च अदालतमा रिट निवेदन प¥यो । सम्मानित सर्वोच्च अदालतले तत्कालको सामाजिक सन्दर्भ र सांस्कृतिक परिवेशअनुसार तत्काल बलिप्रथा रोक्न परमादेश जारी गर्न नमिल्ने ठह¥यायो । तर धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, नैतिक एवं तार्किक कुनै हिसाबले पनि बलिप्रथा कायम रहनु उचित नभएकोले सामाजिक सचेतनाद्वारा यसलाई निरुत्साहित गरी अन्ततः बलिप्रथा रोक्ने रणनीतिक योजना बनाउन आदेश दियो । यो प्रथाको समूल नियन्त्रण गर्ने कानुन निमार्ण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी ग¥यो । उक्त मुद्दाको फैसला व्याख्या गर्दै सर्वोच्चले भनेको छ, ‘पशुमा पनि जीवन र प्राण रहने भएकाले दया करुणा जस्ता मानवीय मूल्य मान्यताहरूको व्यवहार आवश्यक पर्छ । पशुलाई गरिने यस्ता व्यवहार मानव सभ्यताकै कलंक हो, धर्म, परम्पराका नाममा पशुहरूको निर्घात हत्या गर्ने कार्य आधुनिक समाजका लागि सुहाउने विषय नभएकोले यसको नियन्त्रण गर्नु आवश्यक छ ।’

अदालतलाई समाजको प्रगतिशील सूचकको रूपमा, सुसभ्यताको जगको रूपमा एवं राज्यको तेस्रो आँखाको रूपमा चित्रण गरिन्छ । अदालतले न्यायिक समर्पण, सदज्ञान एवं सदविवेकको आधारमा सामाजिक न्यायको यर्थाथपरक पैmसला गर्नुपर्छ । साँचो जीवन व्यवहारको दिशानिर्देश गर्नुपर्छ । सामाजिक व्यवहारमा लुकिबसेको अन्याय, कुरीतिहरू, कुसंस्कारहरू, कुसंस्कृतिहरू, मुर्खतापूर्ण प्रथा परम्पराहरू, गलत मूल्यमान्यता विश्वासहरूको नियन्त्रण न्यायिक सक्रियताको माध्यमले मात्रै संभव छ भन्ने सन्देश अदालतले दिनुपर्छ । त्यसैले अदालतलाई समाजको प्रगतिशील सूचकको रूपमा चित्रण गरिएको हो । रुढिवादी भनेको त्यस्तो सामाजिक न्याय विरोधी तगारो हो जसले कसैको प्रत्यक्ष संलग्नताविना नै समाजमा हिंसा, स्वार्थी, अमानवीय मनोवृत्ति विकास गराउँछ । गलत धारणा, गलत विश्वास र गलत व्यवहारको कारक भनेकै रुढिवाद हो । रुढिवादकै कारण समाजमा शोषण, दमन भइरहेको हुन्छ । रुढिवादका कारण समाजमा भ्रष्टाचार, अस्वस्थ प्रतिष्पर्धा, गुन्डातन्त्र, ठालुवादी भाग्यवादी चलन हावी हुन्छ । कर्म नगर्ने संस्कार हावी हुन्छ । समाजका सद्व्यवहार संस्कृति र संस्कार पनि ओझेलमा पर्दछन । व्यक्तिहरू कर्म नगरी भाग्यवादी अन्धविश्वासमा लाग्नुको मुख्य कारण रुढिवाद नै हो । जसका कारण व्यक्ति, परिवार, समाज तथा राष्ट्रकै विकास पद्दति पछाडि धकेलिई रहेको हुन्छ । व्यक्तिको सर्वांगीण विकासमा बाधा उत्पन्न भइराखेको हुन्छ ।

हाम्रा शास्त्रहरूको अध्ययन गर्दा पनि के देखिन्छ भने संस्कृति भनेको मानिसको आत्मिक उन्नतीको माध्यम हो । जुन क्रियाकलाप गर्दा व्यक्तिलाई, परिवारलाई, समाजलाई, राष्ट्र र विश्वलाई केही न केही योगदान पु¥याइरहेको हुन्छ त्यो नै संस्कृति हो । तर, हिजोआज यो किसिमको परिभाषालाई मानिसले बिर्सिए । कसैलाई दुःख कष्ट दिने जीवनको शाश्वत प्रक्रिया रोक्नेजस्ता कुरालाई पनि संस्कृति भन्ने गरेको पाइन्छ । तर, यो ठूलो भूल हो । किनभने छुवाछुत प्रथा, छाउपडी प्रथा बलि प्रथा देउकी प्रथा, भाग्यवादी संस्कारलाई रुढिवादको मान्यता र भावनाको कारण आजसम्म मेटाउन सकिएको छैन । कुनै जमानामा सती प्रथालाई संस्कृति मानी निरन्तरता दिइएको थियो । जसको कारण हजारौँ होइन लाखौँ करोडौँ आमा, हजुरआमा, दिदीबहिनीलाई जिउँदै जलाइयो । समाजका केही तह, तप्काका मानिसले संस्कृतिको बिल्ला भिरादिएको भरमा त्यस्तो कुप्रथाले लामोसमय निरन्तरता पाइरह्यो । संस्कृतिको नाम दिएर चलिरहेका चाडपर्व, जात्रा संस्कार रहनसहन आदि मनाउँदा कसैलाई दुःख दिनुपर्ने कसैको रगत बगाउनुपर्ने, कसैलाई घरबाहिर एकान्त ठाउँमा राख्नुपर्ने अवस्था नआओस् । जसको परिपालना गर्दा न आत्मिक उन्नति हुन्छ, न त त्यसले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई मानवताको परिचय दिन्छ । त्यस्तो क्रियाकर्म संस्कृति नभएर रुढिवादी विकृति हुन् भनिदिँदा फरक पर्दैन । हिजोआज पनि कैयन् यस्ता विकृतिहरू हाम्रो समाजमा छन् । वसुदैव कुटुम्बकम, आत्मवत् समाचरेतः हाम्रो संस्कृतिको सबभन्दा सवल पक्ष हो । तर, अलगअलग संस्कृतिमा अलगअलग समूहमा विकृतिजन्य अनेक विधिविधानहरू संस्कृतिको रूपधारण गरेर बस्न पुगेका छन् ।

कहीँ जाँडरक्सीलाई प्रोत्साहन मिल्ने, कहीँ चुरोट, सुर्ति, तमाकु खान र खुवाउन जुवातास खेलाउनलाई सामान्य सम्झिरहेका छन् । चुरोट बिडीजस्ता कुराहरू संसारमा सबभन्दा बढी क्यान्सर रोगको कारक तत्वको रूपमा वैज्ञानिकहरूले स्वीकारेका छन् । के यो विकृति रुढिवादी होइन ? त्यस्तैगरी नेपालकै मनाङ, मुस्ताङतिर जिउँदो चौरीगाईको घाँटी छेडेर आलो रगत पिउने संस्कृति छ । भगवान् महादेवको आराधना गर्ने पर्व तिजमा जाँडरक्सी खाएर मात्ने चलन नेपाली महिलाहरूमा बढेको छ । मोटर, मोटरसाइकल, हुँदाहुँदा मेसिनरी औँजार र मोबाइललाई समेत पनि पशुवलि दिएका उदाहरण छन् । यसलाई विकृति भन्ने कि नभन्ने ? जात्रा, पर्वजस्तो भगवान्को आराधना र पूजा गर्नुपर्ने महान् पर्वमा जुवा खेल्ने, निरीह प्राणीको बलि दिनेजस्तो विकृति हुर्किरहेको छ । यी विकृतिलाई यहीरूपमा हुर्कन, बढ्न दिने हो भने पछि गएर कसैले यसलाई संस्कृतिको अभिन्न अंग मान्न बेर छैन । त्यस्तै धामी, झाँक्री, देउताको नाममा भकाउने, ढ्यांग्रो ठोक्ने, जुन परम्परा छ, त्यसलाई पनि हामीले मद्दत पु¥याइरहेका छौँ । त्यसमा पनि विचार गर्नुपर्ने बेला आएको छ ।

बौलाहा कुकुरले टोकेको मानिसलाई समेत विष झार्ने नाउँमा धामीझाँक्री लगाउने गरेको पाइन्छ । यसबाट बिरामीले मृत्युवरण गरेका समाचारहरू आइरहेका छन् । बच्चा नपाउनेलाई बच्चा पाउने तुल्याइदिन्छु भन्ने नाउँमा धामीझाँक्रीको भरपर्ने परम्परा जुन चलिरहेको छ, त्यसलाई पनि विकृतिग्रस्त संस्कृतिको नाम दिनुपर्ने हुन्छ । छोरा नहुनेलाई छोरा हुने तुल्याइदिन्छौँ भनी समय र पैसाको नाश गराइएको छ । त्यसैले हाम्रा कतिपय संस्कृतिहरू तथा संस्कारलाई आजको विज्ञानले गरेका उपलब्धीहरू सम्मत शान्त, सुन्दर र आनन्ददायक असली बनाउन बनाउनु आवश्यक छ । त्यसमा हाम्रो संस्कृतिको कस्तो भूमिका रहन्छ ? संस्कृतिको संरक्षण गर्ने विकृति नबढाउने चेतनाको लागि शिक्षादीक्षाको साथै अदालती सक्रियता पनि महत्वपूर्ण छ । समाजका प्रवुद्ध वर्ग शिक्षक पनि उत्तिकै जागरुकता हुनु आवश्यक छ । यसको माध्यमबाट समाजमा परिवर्तन ल्याउन आवश्यक भएको छ । समाज सुसभ्य प्रगतिशील नभइकन खाली अधिकार मात्र खोज्न थाल्यो भने अराजकता निम्तिन्छ । आफ्नो अधिकारका लागि विभिन्न गुट उपगुट शक्तिकेन्द्रको निमार्ण गर्ने अनि अन्धपरम्परा अन्धविश्वासको आधारमा समाज गयो भने न व्यक्तिको आत्मउन्नति हुन सक्छ न संस्कार, संस्कृतिका रक्षा नै । यसले त बरु संस्कारविहीनताको पक्षपोषण गर्छ । संस्कारविहीन ढंगबाट खाली अधिकारको लडाइँले शान्ति न्यायको कल्पना गर्न सकिँदैन । समाजको शाश्वत मूल्यमान्यता पनि कमजोर हँुदै जान्छ । यसबाट मानवताको धरातल एकदमै नयाँ हुन पुगी सामाजिक न्याय दुर्लभ हुन पुग्दछ ।

समाजको व्यवहारलाई सुसंस्कार, सुसभ्य तथा सिर्जनशील बनाउन अदालतको भूमिकाका साथै समाजका अन्य प्रबुद्ध वर्गको महत्वपूर्ण भूमिका रहन्छ । कानुन भनेको समाजको अभियन्त्रण गर्ने साधन हो भने अदालत त्यस अनुरूपको न्याय गर्ने राज्यको वैधानिकताको परीक्षण तथा रक्षा गर्ने अन्तिम अंग हो । कानुनले समाजका उचित सामाजिक मूल्य तथा निधिहरूको प्रवर्धन गर्ने प्रयास गर्नुपर्दछ भने सामाजिक विकृति रुढिवादीग्रस्त मूल्यहरूलाई न्यायपूर्ण बनाउनु पर्दछ । नेपालका प्रथम प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले ०८ साल ताका नै रुढिवादीग्रस्त समाजमा छोरा र छोरी दुबै सन्तान हुन् भन्नेजस्ता प्रगतिशील आदेश दिएर सामाजिक रूपान्तरणमा प्रगतिशील एवं सकारात्मक भूमिका खेल्नुभएको थियो । छाउपडी, जातीय छुवाछुत बलि प्रथा लगायतका रुढिवादीविरुद्ध पनि न्यायालयमार्पmत नै प्रहार गर्नुपर्छ । रुढिवादविरुद्ध न्यायिक सक्रियता देखाउनु आवश्यक छ । सरकारलगायत अन्य प्राज्ञिक वर्गले हरेक धर्म संस्कृतिका शाश्वत मान्यताको प्रवद्र्धनात्मक कार्यक्रम ल्याएर विकृतिजन्य कुरालाई निरुत्साहित गर्नु आवश्यक छ । (पाठक अधिवक्ता हुन्)

प्रतिक्रिया