मनिला, ३१ साउन । उत्तरी मनिलाको बलुचान प्रान्तमा प्रहरीले लागू औषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा २१ व्यक्ति मारिएका छन । यस कारबाहीको क्रममा लागूऔषधको ओसार पसारमा संलग्न भएको आशङ्कामा अन्य ६४ व्यक्तिलाई पक्राउ गरिएको छ ।
गत सोमबार रातिबाट मङ्लगबार बिहानसम्म भएको यस कारबाहीको क्रममा अरु केही संलग्न व्यक्ति भागिरहेका पनि प्रहरी वरिष्ठ निरीक्षक रोमओ करामातले जानकारी दिएका छन् ।
यद्यपी यो कारबाही मङ्गलबार रातिसम्म पनि जारी रहने बताइएको छ । सशस्त्र प्रहरीबलले गरेको यस कारबाहीका क्रममा ती संदिग्ध लागू औषधसँग सम्बन्धित व्यक्तिहरु मारिएका छन ।
फिलिपिन्सको राष्ट्रिय प्रंहरीले दिएको एक तथ्याङ्क अनुसार प्रहरीले जारी राखेको कारबाहीको क्रममा सन् २०१६ को जुलाईबाट सन् २०१७ जुन २६ सम्म तीन हजार ४५१ जना मारिएका छन ।
त्यस कारबाहीका क्रममा अरु करिब ८६ हजार ७०३ जना पक्राउ परेका पनि समाचारमा जनाइएको छ । फिलिपिन्सका वर्तमान राष्ट्रपतिले यस कारबाहीलाई एक राष्ट्रिय अभियानकै रुपमा लिएका छन् ।
यहाँका लागू औषध तस्करहरुलाई प्रहरीले देख्नासाथै गोली हानेर मार्नसक्ने अधिकार पनि पाएको छ । जुन अधिकारको सर्वत्र विरोध भएको छ । मानवअधिकारवादीहरुले यसरी दिइएको यस अधिकारबाट सर्वसाधारण नागरिक मारिएका जनाएका छन् ।
प्रतिक्रिया