उद्धार तथा राहतमा कमजोरी

मुलुकका आधाभन्दा बढी जनता यतिबेला बाढी तथा पहिरोको चपेटामा परेका छन् । तराईका २० जिल्लाको अधिकांश भूभाग डुबानमा परेको छ भने पहाडका करिब एक दर्जन जिल्ला पहिरोको चपेटामा परेका छन् ।   बाढी तथा पहिरोका कारण अधिकांश सडक अवरुद्ध छन् । मुलुकको जनजीवन ठप्प छ । ०७२ साल १२ र २९ वैशाखमा गएको विनाशकारी भूकम्पलाई संझाउने गरी यसपटक  बाढी पहिरोले धनजन तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । यद्यपि क्षतिको अन्तिम विवरण आउन बा“की नै छ ।  ०७२ सालको भूकम्पको जति धेरै मानवीय क्षति नभए पनि यसपटकको बाढी पहिरोले धेरै जनसंख्यालाई प्रभावित बनाएको छ ।   त्यतिबेलाको भूकम्पले सुनकोसीदेखि मस्र्याङ्दीबीचको पहाडी तथा हिमाली जिल्लामा  ठूलो क्षति पु¥याएको थियो भने यसपटकको बाढी पहिरोले मेचीदेखि महाकालीसम्म  र हिमालदेखि तराईसम्मका करिब दुईतिहाई जनसंख्यालाई प्रभावित बनाएको छ । यो ठूलो रािष्ट्रय विपत्ति हो ।

प्रकृतिक विपत्ति पूर्वसूचना दिएर नआउने भएका कारण तत्कालीन राहत तथा उद्धारमा कमीकमजोरी हुनुलाई अस्वभाविक मानिन्न । भूकम्पका बेला विश्वकै ध्यान केन्द्रित हु“दा पनि उद्धार तथा राहतमा कमीकमजोरी भएको गुनासो प्रशस्त आएको थियो । भूकम्प गएको  साढे २ वर्ष बितिसक्दा पनि राहतका काम सम्पन्न हुन सकेको छैन । बाढीपहिरो र भूकम्प दुवै प्राकृतिक विपत्ति हुन् तर एकै खालका होइनन् ।  भूकम्प कहिले आउ“छ । कति क्षति पु¥याउ“छ ? पूर्वानुमान गर्न सकिन्न । राहत तथा उद्धारका लागि पहिले नै जोहो गर्न  सकिन्न  । तर, नेपालका सन्दर्भमा बाढीपहिरोको समस्या आकस्मिक उत्पन्न हुने समस्या होइन । वर्षको एकपटक मनसुन आउने  क्यालेन्डर ध्रुवसत्य छ । असारदेखि  भदौसम्मका ३ महिना अत्याधिक वर्षाका कारण बाढी पहिरो आउने समस्या  नेपालको स्थायी समस्या हो । कुन वर्ष कति पानी प¥यो ? भन्ने मापन गर्न थालिएको पनि ७० वर्ष भइसकेको छ । राज्यको निकायका रूपमै जल तथा मौसम विज्ञान विभाग नामको कार्यालयसमेत छ । राज्यले हरेक जिल्लामा दैवीप्रकोप राहत तथा उद्धार समितिको कार्यालय नै स्थापना गरेर अर्बौं रुपैया“ बजेट खर्च गर्ने गरेको छ । तर, बाढीपहिरोले विनाश लीला निम्त्याएपछि भरपर्दो उद्धार र राहतको व्यवस्था हुन नसकेको छैन । साधन स्रोत नभएको भन्दै राज्यका निकायहरू पन्छिने गरेका छन् ।

भनिन्छ, ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो ।’ प्राकृतिक प्रकोपका कारण बढी क्षति हुनुको मुख्य कारण कमजोर मानवीय संरचनाहरू नै हुन् । अर्थात्  भौतिक संरचना निर्माण गर्दा ख्याल नपु¥याइएका कारण प्राकृतिक विपत्ति आइपर्दा ठूलो क्षति हुने गरेको हो । यसपटक विगतको भन्दा बढी वर्षा भएको सत्य हो । तर, तराई क्षेत्र  जसरी जलमग्न भयो त्यसको मुख्य कारण भनेको मानवीय संरचना तथा लापरबाही नै हो ।   चुरे क्षेत्रको वनजंगल विनास गरिएको छ । चुरेलाई भत्काएर गिट्टी बालुवा उत्खनन् गरिएको छ । जसका कारण चुरे क्षेत्र हु“दै तराई प्रवेश गरेका नदीको सतह आसपासका गाउ“ वस्ती तथा खेतबारीभन्दा अग्ला भएका छन् ।  यस्तो अवस्थामा गाउ“वस्ती तथा खेतमा पानी नपसेर कहा“ जान्छ ? यसैगरी छिमेकीमुलुक भारतले सीमाक्षेत्रमा पूर्वपश्चिम समानान्तर हुने गरी जमिनको सतहभन्दा १० मिटर माथि उठाएर सडक निर्माण गरेको छ । जसका कारण वर्षातमा पानीको निकास अवरुद्ध हुन थालेको छ । पानीको निकास अवरुद्ध भएपछि गाउ“ वस्ती तथा खेतबारी डुब्नु स्वभाविकै हो । यो संकट अत्यधिक वर्षाका कारणभन्दा पनि पानीको वहाब रोकिएर भएको हो । यसैगरी पहाडतर्फ अन्धाधुन्द रूपमा सडक खनिएको छ । कतिसम्म भिरालो पहाडमा कतिसम्म फराकिलो सडक बनाउन सकिन्छ ? भन्ने भौगर्भिक अध्ययन नै नगरी  बम विष्फोट गराई डोजर लगाएर सडक खनिएको छ ।  पहाडलाई तलबाट खोतलेपछि पहिरो जानु स्वभाविकै हो ।

बाढीपहिरो आउने र सडक अवरुद्ध हु“दा राहत तथा उद्धारमा कठिनाई हुने समस्या हरेक वर्ष दोहोरी रह“दा पनि राज्यका निकायहरूले  आपतकालीन तथा वैकल्पिक उपायको जोहो गर्न नसक्नु विडम्बना हो । एउटा सडक अवरुद्ध हु“दा अर्को सडक प्रयोग गर्न सकिने विकल्पतर्फ राज्यले ध्यान दिनुपर्ने हो तर आधा शताव्दी अघि निर्माण भएको पृथ्वीराजमार्गको विकल्पमा राजधानी काठमाडौं जोड्ने अर्को सडक निर्माणसमेत हुन सकेको छैन । महेन्द्र राजमार्ग अवरुद्ध हु“दा पनि मुलुकलाई पूर्वपश्चिम जोड्ने अर्को विकल्प छैन । सरकारले  यस्ता विकल्पमा ध्यान दिनु जरुरी देखिन्छ । यति ठूलो विपत्तिमा समेत आ“खा खुलेनन् भने हामीले हरेक वर्ष यस्ता विपत्ति खेपिरहनुपर्नेछ ।

प्रतिक्रिया