काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल भक्तपुरमा रहेका भट्टराई स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई दुई हप्ता सम्म आराम गर्न चिकित्सकले आग्रह गरेका छन् ।
प्रतिक्रिया