आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्दै ग्रामीण महिला

baitadi

बैतडी । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् । पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् ।

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालीम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिए । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलालाई सजिलो हुने स्थानीयवासी लक्ष्मी भाटले बताए ।

गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटको राजु धामीले बताए । महिनावारी भएका बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उनले बताए ।

ग्रामीण भेगमा महिनावारी भएका बेला अहिले किशोरी तथा महिलाले सेनेटरी प्याड प्रयोग गर्ने गरेको दोगडाकेदार गाउँपालिका श्रीकोटका शान्ति नाथले बताए । सामुदायिक सिकाइ केन्द्र श्रीकोटले तालीम दिएपछि आफूहरुले सेनेटरी प्याड आफैँ बनाएर प्रयोग गर्ने गरेको उनले बताए ।

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले ३०० महिलालाई सेनेटरी प्याड बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा बताएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया