स्वाइनफ्लुप्रति गम्भीर होऊ

एक महिना यता देशका सबैजसो भागमा रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या असामान्य रूपमा बढेको छ । यस्ता बिरामीमध्ये केहीमा स्वाइनफ्लु तथा स्क्रब टाइफसका जिवाणु देखापरेका छन् । स्वाइनफ्लु तथा स्क्रब टाइफसका जिवाणु प्राणघातक हुन् । समयमै सावधानी नअपनाउने हो भने यस्ता प्राणघातक सरुवा रोगले महामारीको रूप लिन सक्छ । यस्ता जिवाणुको आक्रमणले महामारीको रूप धारण गरेका उदाहरण विश्वका धेरै मुलुकमा छन् । नेपालमै पनि झापा, पाल्पा, चितवन, पोखरा, काठमाडौं लगायतका क्षेत्रमा स्वाइनफ्लुका कारण दर्जनौंको ज्यान गइसकेको छ । चिकित्सकका अनुसार स्वाइनफ्लु तथा स्क्रब टाइफसका जिवाणुबाट उत्पन्न हुने रोग आँपैm“मा प्राण घातक होइन । तर, सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । अन्य कुनै रोग लागेका बिरामीलाई स्वाइनफ्लु तथा स्क्रब टाइफसले आक्रमण गरेमा ज्यान जाने संभावना बढ्छ । सामान्य सम्पर्कबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेका व्यक्तिको ज्यानसमेत लिने भएकोले यो रोगप्रति राज्य संवदेनशील हुनु जरुरी छ ।

यो महामारीप्रति स्वास्थ्यमन्त्रालय जति संवेदनशील हुनुपर्ने हो त्यो देखिएको छैन । स्वाइनफ्लुबाट मान्छे मर्न थालेको एक महिना भइसकेको छ । तर, स्वास्थ्य मन्त्रालयले गत आइतबार मात्रै मुलुकका अस्पताल, स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा सर्कुलर पठाएको छ । स्वास्थ्यस“ग सम्बन्धित कुनै पनि कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिइएको र आवश्यक औषधिहरू पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, औषधि मात्रै पठाएर पुग्दैन रोग परीक्षणका उपकरणहरू पनि स“गस“गै पठाउनु जरुरी छ । उदाहरणका लागि पोखराका १ सय १८ जना बिरामीको रगत तथा खकार परीक्षण गर्दा १ सय ४ जनामा स्वाइनफ्लु भेटियो । ती बिरामीको रगत तथा खकार परीक्षण केन्द्रीय प्रयोगशाला टेकुमा गरिएको हो । पोखराजस्तो सुविधा सम्पन्न ठाउ“मासमेत स्वाइनफ्लुको परीक्षण हुने अवस्था रहेनछ । मुलुकका दूरदराजको अवस्था कस्तो होला ? जति छिटो परीक्षणको रिपोर्ट आयो त्यति छिटो औषधि उपचारको प्रबन्ध हुन्छ र बिरामी सन्चो हुने अवस्था रहन्छ । परीक्षणको रिर्पोट आउन जति ढिला भयो औषधि उपचारको प्रबन्ध गर्न त्यति नै ढिला हुन्छ । बिरामीको ज्यान जाने संभावना बढ्छ । रोग परीक्षणका लागि काठमाडौंमा नमुना पठाउने पर्ने बाध्यताका कारण पनि सर्वसाधारण बिरामीको ज्यान गएको हो । सबै ठाउ“मा रोग परीक्षण गर्ने उपकरण तत्काल पठाउन नसकिएला तर पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर, जनकपुर, झापालगायत मुख्यमुख्य केन्द्रहरूमा परीक्षण गर्ने उपकरण, आवश्यक औषधि तथा दक्षचिकित्सकको व्यवस्था गर्नुपर्छ । यो रोग नियन्त्रणमा नआएसम्म विद्यालयमा बिदा दिनुपर्छ ।

मौसम परिवर्तन हु“दा रुघाखोकी लाग्नु र ज्वरो आउनुलाई सामान्य मानिन्छ । मौसम परिवर्तनका कारण लाग्ने रुघाखोकी तथा ज्वरो सामान्य घरेलु अषैधिले निको हुन्छ । तर, स्वाइनफ्लु तथा स्क्रब टाइफस रोगबाट मुक्तिका लागि चिकित्सकको परामर्शमा निश्चित औषधि सेवन गर्नुको विकल्प छैन । महामारीबाट बच्नका लागि सबैभन्दा जरुरी भनेको सर्वसाधारणको सचेतना नै हो । स्वाइनफ्लु बंगुरबाट लामखुट्टेमार्फत मान्छेमा सर्छ । बुंगुर पालिएको ठाउ“ नजिक नजानु र लामखुट्टेको टोकाइबाट बच्नु नै पहिलो प्राथमिकता हो । यसैगरी स्क्रब टाइफस रोग मुसामा लाग्ने किर्नाले टोकेपछि मान्छेमा सर्छ । मुसाको किर्ना घा“सपातमा झर्ने र घा“सपातमार्फत मान्छेमा सर्ने चिकित्सकले जनाएका छन् । त्यसैले घा“सपात र झाडीमा जा“दा सकेसम्म सतर्कता अपनाउनुपर्छ । साथै अत्यावश्यक काम परेको अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कने, माक्स लगाउने, खोक्दा, हाछ्यु“ गर्दा रुमालले मुख छोप्ने, अरूस“ग हात नमिलाउने, भीडभाडबाट सकेसम्म टाढा बस्ने, खानेकुरा खानुअघि साबुनपानीले राम्रोस“ग हात धुनेलगायत उमालेर मात्रै पानी पिउने, खानेकुरा पकाउनुअघि सफा पानीले पखाल्ने लगायतका जनचेतनामुलुक सामग्रीहरू सरकारले मिडियामार्फत प्रसारित गराउनु जरुरी छ । यो महामारीबाट मुक्तिका लागि जनचेतना नै सबैभन्दा भरपर्दो विकल्प हो ।

प्रतिक्रिया