फ्रान्सेली विदेशमन्त्री अरबमा

phrans minister

रियाद २ साउन । कतारसँग उसका छिमेकी मुलुकहरूको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाहमा शनिबार आइपुगेका छन् ।गएको करिब महिना दिनभन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास उनले गर्ने छन् ।  ‘फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतार देशका जनता विषेशगरी विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरूलाई पनि दुःख दिएको छ’ ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भने ।
विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिए । रियादको भ्रमणपछि उनले कुवेत र युएई पनि जानेछन् । उनले सो भ्रमणमा विशेष गरेर छलफलबाटै संकट समाधान खोज्न जोड दिने भएको छ । साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले भने कतारले धेरै सम्झौता उल्लंघन गरेका धैरै प्रमाण रहेको दाबी गरे । उनले सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ खाडी मुलुकको सहकार्यका लागि गरिएको भए पनि बेवास्ता गरेको पनि बताए । विदेशमन्त्री जुवेइरले आतंकवादविरुद्ध सम्झौता कतारले पालना गर्नैपर्ने सर्त जोडतोडका साथ राखे ।

४ देशले कतारसँग गत जुन ५ तारिखदेखि नाकाबन्दी गरेका छन् । ती देशहरूले नाकाबन्दी अन्त्य गर्न जुन २३ मा १३ बुँदे सर्त राखेर कतारलाई पत्र पनि पठाएका थिए । पत्रमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने सर्त पनि राखिएको थियो । तर, ती सर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन । कतारको यो जवाफ उनीहरूलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । यस समयमा फ्रान्सका विदेशमन्त्रीको सक्रियता बढेको हो ।

प्रतिक्रिया