सरकारको कार्यक्षमतामाथि एमाले सांसद ठाकुर गैरेले उठाए प्रश्न

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले महालेखा परीक्षकको प्रतिवेदनलाई लिएर सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।’

सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए । उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया