मीन ठकुरी
धनगढी । कैलालीका ग्रामीण भेगलाई सडक सञ्जालले जोड्न थालेपछि स्थानीयबासिन्दाको जनजीवनमा परिवर्तन आउन थालेको छ । पूर्व–पश्चिम राजमार्गका उत्तर दक्षिणमा ग्रामीण सडकको स्तरोन्नतिसँगै स्थानीयबासिन्दाको जनजीवन सहज बन्न थालेको छ । खासगरी वर्षा याममा हिलाम्य हुने सडकहरूको मर्मत तथा स्तरोन्नति भएपछि आगवनमा सहजता थपिन पुगेको छ । त्यस्तै, स्थानीयले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भइरहेको छ ।
कैलालीका ग्रामीण सडकहरूको मर्मत तथा स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालन गर्ने कार्य दुई वर्ष अघिदेखि सुरु भएको हो ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) मार्फत कैलालीका ग्रामीण सडकहरूको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । यो कार्यक्रम विश्व बैंकको सहयोगमा सरकारले देशका ३६ जिल्लामा लागू गरेको छ ।
यो कार्यक्रम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक (डोलिडार) र जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत सञ्चालन भइरहेको छ ।
जिल्ला यातायात गुरुयोजनाभित्र परेका सडक तथा ट्रयाक खुलिसकेका सडकहरूको मर्मत तथा स्तरोन्नतिको काम राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमले गरिरहेको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका इन्जिनियर लव जोशीले बताए । उनका अनुसार ती सडकमा पुलपुलेसाको पनि निर्माण कार्य भइरहेको छ ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) ले जिल्लाका सात वटा सडकहरू छनोट गरी सडक मर्मत तथा स्तरोन्नतिको काम गर्दै आएको छ ।
जिल्लाका सहजपुर–निगाली २२ किलोमिटर, चौकीडा“डा–मालाखेती–बान्द्रेखाल १३ दशमलव एक किलोमिटर, गेटा–बास्खेडा–मुर्कट्टी सडक १२ दशमलव छ किलोमिटर र कनरी–सेडा बेहडाबाबा–चौमाला १९ दशमलव आठ किलोमिटर सडक छनोट गरी मर्मत तथा स्तरोन्नति कार्य भइरहेको छ ।
त्यस्तै, स्तरोन्नति भइरहेका अन्य सडकमा राजीपुर–गदरिया–फूलवारी २२ दशमलव चार किलोमिटर, बडैपुर–उदासिपुर–हसुलिया २० दशमलव चार किलोमिटर र सुख्खड–खैलाड–भजनी २४ किलोमिटर सडक रहेको एसएनआरटिपीले जनाएको छ ।
ती सडकलाई प्राथमिकताको आधारमा जिल्ला प्राविधिक कार्यालय, जिल्ला सडक सञ्जालको बैठकले छनोट गरेको हो । धुले सडकमा ग्राभेलिङ गर्ने, ग्राभेल भएका सडकलाई कालोपत्र गरी बाह्रै महिना सडकमा यातायात चल्ने बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य हो । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका इन्जिनियर ईश्वर भट्ट भन्छन्, हामीले प्राथमिकताका आधारमा छनोट गरी काम गरिरहेका सडकहरूमा बाह्रै महिना यातायात गुड्ने बनाउने हो ।
प्राथमिकताका आधारमा छनोट भएको गेटा–बास्कोटा सडकको आवधिक मर्मतको कार्य भइरहेको इन्जिनियर जोशीले बताए ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका अनुसार छनोट भएका सडकमध्ये सडकपुर (बौनिया) जोशीपुर–भजनी २२ दशमलव ९७ किमी सडकको स्तरोन्नति भई कालोपत्रे हुने काम अन्तिम चरणमा पुगेको छ । सो सडकको २१ महिनाभित्र निर्माण कार्य पूरा गरिसक्ने लक्ष्य रहेको छ । त्यस्तै, सहजपुर–निगाली, राजीपुर–गदरिया–फूलबारी, बडैपुर–उदासिपुर–हसुलिया, कनरी–घसेटा–बेहडाबाबा–चौमाला सडक स्तरोन्नति भइरहेको छ ।
जिल्लाभित्रका महत्वपूर्ण सडकहरूको मर्मत तथा स्तरोन्नतिपश्चात ग्रामीण बस्तीहरू सडक सञ्जालसँग जोडि“दा स्थानीयलाई सहज मात्रै हुने नभई आर्थिक क्रियाकलाप पनि बढ्ने आशा गरिएको छ । मर्मत तथा स्तरोन्नति भइरहेका सडकहरू जिल्लाभित्रका मुख्य सडक भएकाले गाउ“मा उत्पादित वस्तुले बजार पाउने जोशीपुर गाउ“पालिकाका स्थानीय शिवराज विनाडीको भनाइ छ । उनी भन्छन्, मुख्य कुरा सडक नै हो । बाह्रै महिना सडकमा यातायात गुड्ने भएपछि स्थानीयको जीवनशैलीमा परिवर्तन न आउने कुरै छैन ।
एससएनआरटिपी परियोजनाको सम्झौता अवधि सन् २०१९ सम्म रहेको जिल्ला विकास समिति कैलालीले जनाएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत मर्मत गरिएको सहजपुर–निगाली सडकमा बाह्रै महिना सवारी साधन गुडिरहेका छन् । योभन्दा अघि सो सडकखण्डमा वर्षायामदेखि असोजसम्म सवारीसाधन गुड्न सकेका थिएनन् । सडकको स्तरोन्नति भएपछि वर्षायाममा उत्पादित वस्तुहरूलाई बजारसम्म लैजान सजिलो भएको चुरे गाउ“पालिका वडा नम्बर ३ का हरिश बोहरा बताउछन् ।
बौनिया–जोशीपुर–भजनी सडकखण्डको स्तरोन्नतीसँगै कालोपत्रे हुन थालेपछि जग्गाको मूल्य पनि ह्वात्तै बढ्न थालेको स्थानीयबासी बताउ“छन् । बौनिया–जोशीपुर–भजनी सडकखण्डको स्तरोन्नतिसँगै हुलाकी मार्गले भजनीलाई छोएपछि ग्रामीण बस्तीमा आर्थिक गतिविधि विगतका भन्दा दोब्बरले बढेको भजनी नगरपालिकाका प्रेम बूढा बताउँछन् ।
पूर्व–पश्चिम राजमार्ग र दक्षिणमा रहेको हुलाकी मार्गसँग ग्रामीण सडकहरू जोडिने भएका हुन् । कैलालीमा धनगढीको क्याम्पस चोकदेखि सत्तीसम्म हुलाकी मार्गको लम्बाइ ६२ किलोमिटर रहेको छ भने चिसापानीदेखि मालाखेती पुलसम्म ८२ किलोमिटर महेन्द्रराजमार्गको लम्बाइ छ ।
भजनीदेखि सत्तीसम्मको अर्को भागमा १८ किलोमिटर सडक पीच हुन बा“की रहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले जानकारी दिए । सामरिक महत्वका सडकहरूको मर्मत तथा निर्माण कार्यको जिम्मेवारी डिभिजन सडक कार्यालयले पाएको छ ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर मनीषकुमार अर्याल भन्छन् जिल्ला समन्वय समितिमार्फत जिल्लामा मर्मत तथा स्तरोन्नति भइरहेका सडकहरू कृषि सडकअन्तर्गत पर्दछन् ।
कैलालीका पहाडी साविक गाविस खैराला, मोहन्याल, निगाली, सहजपुर, पण्डौन, सुगरखाल, गोदावरी पूर्व–पश्चिम राजमार्गसँग जोडिन पुगेका छन् । साविकका खैराला, मोहन्याल र पण्डौनमा गाविसलाई सडक सञ्जालसँग जोड्न एक दुई वर्ष लाग्ने जिल्ला समन्वय समितिले जनाएको छ ।
त्यस्तै, गाउ“पालिका र नगरपालिकाले पनि स्थानीयस्तरका सडकलाई स्तरोन्नतिका लागि बर्सेनि प्राथमिकता दिँदै आएका छन् । हरेक वर्ष गाउ“पालिका र नगरपालिकाले हिलाम्य सडकमा ग्राभेल हाल्ने काम गर्दै आएको जिल्ला समन्वय समितिका योजना अधिकृत योगेन्द्र ओझाले बताए । उनी भन्छन्, पछिल्ला वर्षहरूमा गाउ“घरमा हिलाम्य सडकमा ग्राभेलिङ गर्ने काम तीव्र बनाइएको छ ।
त्यस्तै, सडक विभागले कैलालीको चिसापानी–सोल्टा र खुटिया–विपिनगर सडक निर्माण गरिरहेको छ । सितलपुर–सिमली–पण्डौन, पहलमानपुर–अम्बासा–लालबोझी सडक बोर्डले बनाउने भएको छ । राष्ट्रिय यातायात नीतिले भनेअनुसार सडक निर्माणमा सम्बन्धित निकायबीच राम्रो सम्बन्ध भइराखेको छैन । डिभिजन सडक कार्यालयका इन्जिनियर पन्त भन्छन्, सडक निर्माणमा समन्वयको अभाव छ । सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्ने हो भने ग्रामीण सडकहरूको स्तरोन्नतिका लागि वर्षांै कुर्नु पर्दैन ।
प्रतिक्रिया