ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक

BARRON2

अमेरिकामा नयाँ विषयमा बहस सुरु

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल शृंखलाहरू सार्वजनिक गरेका छन् । उनले ती इमेल मंगलबार सार्वजनिक गरेका हुन् । विशेष गरी ती मेलमा एक जना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरूले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् । उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने बताएका छन् । त्यसपछि ती रुसी अधिकारीले ती मेलहरू ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेलहरू उनले मंगलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताएका छन् ।

गतवर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखिएको छ ।राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गरेको पनि सो समाचारमा जनाइएको छ । उक्त इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन् । यस वार्तालाप उनले नै मंगलबार सार्वजनिक गरेका हुन् । इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् । उनी हाल घरजग्गा किनबेच गर्ने व्यवसायी हुन र उनले बुबा राष्ट्रपति भएपछि उनको समेत व्यापार सम्हालेर बसेका भनी यसअघि नै बताइएको थियो । यति बेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ ।

कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुःखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशील भएको पनि बताएका छन् ।इमेलहरूबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उनलाई विजयी गराउनका लागि सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ । यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरूले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरूको भनाइ छ । यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ ।

प्रतिक्रिया