विपक्षी नेता घरमै नजरबन्द

काराकास । जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वाेच्च अदालतले दिएको छ । भेनेजुयलाको सर्वाेच्च अदालतले शनिबार दिएको अनुमतिबमोजिम उहाँले आफ्नै घरमा रहेर बाँकी जेल जीवन व्यतित गर्न पाउने भएका हुन् । सर्वोच्च अदालतका न्यायाधिशले उहाँलाई सन् २०१५ मा नै झन्डै १४ वर्षको कारावास सजाय सुनाएकोले उहाँ हालसम्म जेलमै थिए ।  तर शनिबार अदालतले बाँकी जेल जीवन घरमै नजरबन्दमा रहेर ब्यतित गर्न पाउने फैसला गरेकाले उहाँलाई आइतबारबाटै घरमा नजरबन्द सुरु गरिएको अधिकारीले जनाएका छन् । उनका वकिल जाभिएर क्रेमाडिसले फैसलाको पुष्टी गर्दै ट्विटरमा लेखेका छन्, ‘लेओपोल्डो लोपेजलाई उहाँकी श्रीमती र छोराछोरीसँगै घरमै नजरबन्द गरिएको छ ।’

उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन र कानुनी प्रक्रियालाई सहज तरिकाले अगाडि बढाउन मानवअधिकारबादीको मागअनुसार उनलाई घरमै नजरबन्दमा राख्नुपरेको अदालतले जनाएको छ । विपक्षी दलका दक्षिणपन्थी नेता लोपेजलाई अदालतले गत सन् २०१५ को सेक्टेम्बरमा १३ वर्ष नौ महिना सात दिन जेल सजाँयको फैसला सुनाएको थियो । उनलाई हिंसा भड्काउन उत्तेजित पारेको, आतंक मच्चाएको, आगजनी गरेको र आपराधिक कार्यमा संलग्न भएको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया