मेगा बैंकले हदप्रद निष्काशन अनुमति

mega bank

काठमाडौं १६ असार । मेगा बैंक नेपाल लिमिटेडले निकट भविष्यमै हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले यसअघि नै नविल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रूपैँयाका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४ सय ३३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता सेयर सेयरधनीहरूलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । हकप्रद सेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्बभन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक वर्षको मुनाफा र हकप्रद सेयरबाट चुक्ता पुँजी ८ अर्बभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया