जगदम्बालाई टिएमटीमा सफलता

jagadamba

काठमाडौं १६ असार । जगदम्बा स्टिल्सले टिएमटी छड उत्पादनमा अतुलनीय सफलता हात पारेको छ । जगदम्बा स्टिल्सले नेपालमै पहिलोपटक स्लिट रोलिङ प्रविधिमार्फत टिएमटी छड उत्पादन गर्ने कार्यमा उल्लेखनीय सफलता हात पारेको हो । स्टेट अफ आर्ट प्रविधिको प्रयोगमार्फत स्लिट रोलिङ प्रविधिले एउटै बिलेटबाट २ वा २ भन्दा बढी छड उत्पादन गर्न सकिन्छ ।

गौरवपूर्ण यस घडीमा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहील अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादनहरू उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए । स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरिय टिएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ अग्रवालले जानकारी दिए । जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।

प्रतिक्रिया