नेपाल बंगलादेश बैंकको ४५औँ शाखा मित्रपार्कमा

nepal-bangladesh-bank-fb copyकाठमाडौं २९। नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा काठमाडौंको मित्रपार्कमा आफ्नो ४५औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यहरूकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदद्वारा शुक्रबार गरिएको थियो ।

साथै कार्यक्रममा उपस्थित काठमाडौं नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टीकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गभर्नर प्रफुल्लकुमार काफ्ले तथा काठमाडौं महानगरपालिका–७ का वडा अध्यक्ष श्री शुद्धकुमार डंगोेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चाबहिल शाखासहित बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ४५ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया