गरिबी निवारणलाई वहुपक्षीय कोष बनाइने

काठमाडौं । गरिबी निवारण कोषले आयका स्रोत विविधीकरण र वृद्धि गर्न बहुपक्षीय, द्विपक्षीय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुबाट समेत योगदान जुटाएर बहुपक्षीय कोषका रुपमा विकास गर्ने बताएका छन् ।  कोषले आगामी दिनमा उद्यमशीलता तथा व्यवसाय विकास, रोजगारी सिर्जना, सीप तथा पकेट क्षेत्र विकास, उत्पादित वस्तुहरुको बजारीकरण, अर्धसहरी क्षेत्रमा गरिबी न्यूनीकरणलगायत क्षेत्रलाई प्राथमिकता दिइने कोषद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा कोषको उपाध्यक्ष डा.यमबहादुर थापाले आगामी दिनमा देशका सबै स्थानीय सरकारसँग मिलेर गरिबी निवारणका प्रयत्नलाई थप प्रभावकारी बनाउँदै कोषलाई स्वायत्त र स्वशासित संस्थाका रुपमा विकास गर्न चाहेको प्रष्ट पारे । उनले आगामी कार्यक्रम सञ्चालन गर्न हालको ढाँचामा परिमार्जनसहित निरन्तरता दिने वा मुनाफा वितरण नगर्ने ढाँचामा सञ्चालन गर्ने वा गरिबी निवारण बैंक स्थापना गर्नेलगायत विकल्पहरुमा अध्ययन गरिरहेको बताए । कार्यकारी निर्देशक नहकुल केसीले ६० जिल्लामा ३२ हजार सामुदायिक संस्थामार्फत आठ लाखभन्दा बढी गरिब घरधुरीका ४० लाख जनसंख्यालाई कोषका कार्यक्रमले समेटेको जानकारी गराइयो ।

प्रतिक्रिया