जेब्रा क्रसिङमा यती बैंककोे सहयोग

yeti
काठमाडौं । यती डेभलपमेन्ट बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको विभिन्न ९ स्थानहरूमा जेब्रा क्रसिङहरूको रङरोगन गरी जेब्राक्रसिङ मर्मत गरिदिने भएको छ । सर्वसाधारणलाई सजिलै जेब्रा क्रसिङ पहिचान गर्न सहयोग गर्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सहयोग गर्न लागेको हो ।
४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङको प्रयोग नगर्दा हुने गरेको र योग्य नागरिकलाई गुमाउन परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङमार लामाले बताए । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई कारवाही गर्न सुरु गरेको अभियानले सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । उनले ट्राफिक प्रहरीको यस अभियानलाई सहयोग गर्दै यती डेभलपमेन्टले प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने तथा सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेका विभिन्न संघसंस्थालाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया