रियो फुटसल शुक्रबारदेखि

काठमाडौं १२ जेठ । क्याम्पियन एकेडेमीको आयोजनामा रियो एसइई फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६४ छात्र टिमको सहभागिता रहने क्याम्पियनका प्रिन्सिपल रोशन भण्डारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कक्षा १० को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता हुन लागेको हो । सहभागी टिमलाई १६ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिताका खेलहरू लगनखेलस्थित आयोजककै हातामा हुनेछ । फाइनल २३ जेठमा हुने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया