रविन्द्र थापाको ‘हामी सबै नेपाली’ सार्वजनिक

काठमाडौं २९ वैशाख । डिएनपी म्युजिक प्रालिको प्रस्तुतिमा रविन्द्र थापाको ‘हामी सबै नेपाली’ बोलको राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको ‘हामी सबै नेपाली’ लाई धनु ज्ञाङ्मी मगरले संगीत भरेका छन् । जसलाई पछिल्लो समय निकै ब्यस्त बन्दै आएका गायक कृष्ण भट्टराईले स्वर दिएका छन् । एसआर टु फिल्मस्ले निर्माण गरेको उक्त गीतको म्युजिक भिडियोलाई सुजन सुर्खेतीले निर्देशन गरेका छन् । जसमा सरोज, भरत, सिर्जना, हरी, प्रदीप, गोविन्द, मनिष, अभिषेक, अञ्जली, सिविना, रिना, प्रनया, अनमोल, मोनाछ्मीलगायतको अभिनय रहेको छ ।

भिडियोलाई मुकेश हुमगाईंले छायांकन गरेका हुन, भने रमित ओलीले सम्पादन गरेका हुन् । गीतले आफ्नो देश र मातृभूमिको बारेमा निकै मायामोह दर्शाइएको पाइन्छ । गीत निकै नै राम्रो बनेको र वर्तमान अवस्थामा बिग्रँदै गएको देशको राजनीतिक परिस्थितिप्रति लक्षित गर्दै सत्ता र शक्तिको पछि नलागी एकजुट भएर देश निर्माणमा लागि यस गीतमार्पmत आग्रह गरिएको गायक भट्टराई बताउँछन् ।

प्रतिक्रिया