मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने खतरा

matadanजुम्ला २९ वैशाख । मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने खतरा भएको राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ ।बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र निर्वाचन’ विषयक अन्तत्र्रिmयामा सो कुरा प्रस्ट पारिएको हो । उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्तनिर्देशक मानबहादर कार्कीले अनुगमनका क्रममा मतदाता शिक्षाअन्तर्गत मत कसरी हाल्ने भन्ने विषयमा खासै मतदातालाई जानकारी नभएको बताए ।  ‘जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८३ मतदाता शिक्षा कार्यकर्ता खटाए पनि अनुगमनमा जाँदा मतदातासम्बन्धी जान्नुपर्ने कुरा नागरिकलाई सूचित नभएको पाइयो, यसले मतपत्र बढी नै बदर हुने देखिन्छ,’ उनले भने ।
उपक्षेत्रीय कार्यालय जुम्लाका नायब सुब्बा राजेन्द्र न्यौपानेले निर्वाचनको समयमा जुम्लाको मानवअधिकारस्थिति समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा कर्णालीको जुम्ला, कालीकोट र मुगुमा आयोगको टोलीले अनुगमन गरेको, उम्मेदवारी दर्तादेखि आजको दिनसम्म शान्तिपूर्ण अवस्था रहेको, नासु न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो । उनको अनुसार आयोगले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् विशेष अनुगमन गर्ने योजना बनाएको जानकारीसमेत दिए ।  अन्तत्र्रिmया कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकलाई मतदानसम्बन्धी शिक्षा व्यापक नगरिएको गुनासो गरे । उनले मतदाता शिक्षाका लागि प्रचारप्रसारमा लगानी कम भएको बताए ।

जुम्लाका पत्रकारले जिल्लामा सूचना दिनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कन्जुस्याइँ गरेको गुनासो गरेका थिए । उम्मेदवारी दर्ताको समयमा सूचना माग्दा पनि व्यस्त छौँ भन्ने, फोन नउठाउने तथा स्विच अफ गर्ने गरेको दुःखेसो उनीहरूको थियो । महिला विकास अधिकृत गोमा प्रसार्इंले जिल्लामा मानवअधिकारको विषयमा लैंगिक समानताको सवाललाई मुख्यरूपमा ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया