सिड्नीमा घामपानी पु¥याइने

gham pani

काठमाडौं । नेपालको प्रदर्शन पछि अब चलचित्र ‘घामपानी’ सिड्नीमा रहेका दर्शकमाझ प्रदर्शन हुने भएको छ । नेपाली चलचित्रको राम्रो बजार मानिने अस्ट्रेलियाबासी नेपालीहरूले पछिल्लो समय नयाँनयाँ नेपाली चलचित्रहरू हेर्ने अवसरहरू पाइरहेका छन् ।
यसै क्रममा चलचित्र ‘घामपानी’ मे १३ का दिन सिड्नीको बरुउडमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुनेछ । लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका दीपेन्द्रले यो चलचित्रको निर्देशन गरेका हुन् । लामाले यसअघि चलचित्र ‘नागबेली’ को लेखन कार्य गरेका थिए । ‘घामपानी’ उनले निर्देशन गरेको पहिलो चलचित्र हो । चलचित्रमा दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका छ ।

प्रतिक्रिया